back
NMB ad

सिभिल बैंकको एटीएमबाट रकम निकाल्न अब एटीएम कार्ड नै नचाहिने !

Kumari bank ad

काठमाडौं । सिभिल बैंकले एटीएम कार्डको प्रयोग विना नै एटीएमबाट रकम निकाल्न सक्ने प्रविधि ल्याएको छ । जसको उपभोग गर्न सिभिल बैंकका ग्राहकहरुले सिभिल बैंकको मोवाईल बैकिङ्ग एप्लिकेशन “सिभिल स्मार्ट” प्रयोग गरेर सिभिल बैंकको कुनैपनि एटीएम मार्फत एटीएम कार्डको प्रयोगै नगरी सजिलै रकम निकाल्न सक्नेछन् ।

यस सेवाको प्रयोग गर्न ग्राहकहरुले सिभिल बैंकको मोवाईल बैकिङ्ग एप्लिकेशन “सिभिल स्मार्ट”मा भएको “कार्डलेस क्याश“ अपशनमा गई आफुले इच्छाएको रकम प्रविष्ट गरी सम्पूर्ण विवरणहरु दुरुष्ट गरी आफ्नो मोवाईल बैकिङ्ग एप्लिकेशनको पिनकोड हाल्नुपर्ने हुन्छ जस पश्चात एकपल्ट मात्र प्रयोग गर्न मात्र मिल्ने ओ.टी.पी. पासकोड प्राप्त हुनेछ । यस पासकोडको सहित अन्य विवरणहरु प्रविष्ट गरे पश्चात एटीएमबाट पूर्व निर्धारित निश्चित रकम झिक्न सकिनेछ । ग्राहकहरुले यस सुविधाको उपयोग एटियम कार्ड हराएको अवस्थामा वा अरु कसैलाई रकम भुक्तानी गर्नुपरेको अवस्थामा समेत गर्न सक्नेछन् ।

यो सेवाले धेरैलाई उत्साहित गर्न सक्नेछ किनभने यस सेवाको प्रयोग गरी अब ग्राहकहरुले एटीएम कार्ड बोक्नैपर्ने, एटीएम कार्ड हराउने डर आदी झन्झटहरुबाट मुक्त हुन पाउनेछन् र एटीएम कार्ड हराउँदा÷विर्सिदा वा कसैलाई नगदै भुक्तानी दिनुपर्ने लगायतका अवस्था तथा समस्याहरुको समाधान “सिभिल बैंक कार्डलेस क्याश”ले दिनेछ भन्ने कुरा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताउनुभयो ।

११४ शाखाहरु, ६ एक्सटेन्सन काउन्टरहरु तथा ८९ एटियम मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीव ७८ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी ७२ अर्ब भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

वि.सं.२०७७ फागुन १९ बुधवार १४:४३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...