back
NMB ad

सात महिनामा साढे १५ करोडको सुनका गहना निर्यात: सबैभन्दा बढी अमेरिकामा, कुन देशमा कति ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा १५ करोड ६७ लाख ६९ हजार रुपैयाँ बराबरको सुनका गर-गहना निर्याय भएको छ ।

भन्सार विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षकै सुरुवातदेखि नै नेपालबाट सुनका गरगहना निर्यात हुने क्रम बढेको छ । सुनका गर-गहना अमेरिका, अष्ट्रेलिया, हङकङ लगायतका देशहरुमा निर्यात हुने गरेको विभागको तथ्याङकले देखाएका छ ।

पछिल्लो सात महिनामा सबैभन्दा बढी अमेरिकामा सुनका गर-गहना निर्यात भएको छ । विभागका अनुसार अमेरिकामा ९ करोड ४७ लाख ५१ हजार रुपैयाँ बराबरको ७ केजी ७५३ ग्राम सुनका गरगहना निर्यात भएको छ । अमेरिकापछि हङकङमा बढी निर्यात भएको देखिन्छ । उक्त देशमा ४ करोड १८ लाख ५४ हजार रुपैयाँ बराबरको ३ केजी ३४८ ग्राम सुनका गर-गहना निर्यात भएको छ ।

पछिल्लो सात महिनामा अष्टे«लियामा ४ केजी ८६ ग्राम बराबरका गहना निर्यात भएको छ । नेपालबाट अष्टे«लियामा १ करोड १७ लाख ५० हजार रुपैयाँ बराबरको सुनका गरगहना निर्यात भएको विभागको तथ्यांकले देखाएको छ । विभागको तथ्याङ्क अनुसार चालु आवको ७ महिनासम्म आइपुग्दा एक करोड ५७ लाख रुपैयाँले निर्यात बढेको छ । ७ महिनामध्ये सबैभन्दा बढी पुस महिनामा पुस ५ करोड ३२ लाख रुपैयाँको निर्यात भएको छ ।

चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा एक करोड ७३ लाख, भदौमा ८९ लाख, असोजमा २ करोड ४८ लाख, कात्तिक १ करोड ४२ लाख, मंसिरमा ४९ लाख, र माघ महिनामा ३ करोड ३० लाख रुपैयाँ बराबरको सुनका गरगहना निर्यात भएको विभागले जनाएको छ ।

 

वि.सं.२०७७ फागुन २४ सोमवार १३:०७ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...