back
NMB ad

कोरोनाले बन्द भएका उद्योग पुनः सञ्चालनमा ल्याउनु ज्यादै चुनौती पूर्णः सिएनआई अध्यक्ष मोर

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएआई) का अध्यक्ष सतिश कुमार मोरले नीजि क्षेत्रको माध्यमबाट उद्योग व्यवसायलाई अघि बढाउन स्वदेशी अभियानसुरु गर्न लागेको बताउनु भएको छ ।

‘मेक इन नेपाल-स्वदेशी अभियान’को उद्घाटन तथा लोगो सार्वजनिक कार्यक्रममा यस्तो बताउनु भएको हो । कार्यक्रममा उहाँले कोरोनाले गर्दा धेरै उद्योग बन्द भएको र ती उद्योग पुन सञ्चालनमा ल्याउनु र रोजगारी बढाउनु निकै चुनौती पूर्ण रहेको बताउनु भयो । नेपाली बस्तुको सेवा र माग बढाउने अभियानका साथ यो कार्यक्रम सुरु भएको उहाँको भनाई छ ।

आर्थिक सम्पन्नता अहिलेको आवश्यक रहेको भन्दै सुखी नेपाली समृद्ध नेपाल अभियानलाई पनि यसले पुरा गर्न सक्ने मोरले बताउनु भयो ।

आत्मनिर्भर भएका तथा स्वदेशमा उत्पादन हुने बस्तुको आयातमा कम गर्ने, स्वदेशी उत्पादन गर्ने कार्यनीति बनाउने, गुणस्तरीय माग तथा आपुर्ती बढाउने, प्रोत्साहतयुक्त नीति गत तथा कार्य व्यवस्था सहित उद्योगको औद्योगीक वाताबरणको सुनिश्चितता गर्ने अभियानको उद्देश्य रहेको छ ।

अध्यक्ष मोरले यो कार्यक्रमले आयात प्रतिस्थापन गर्ने उद्योग स्वदेशमा नै खोल्न प्रोत्साहन गर्ने, हरेक क्षेत्रमा स्वदेशी वस्तुको उपभोग बढाउँदै लैजाने, उद्योगमा पूर्वाधारको विकास गर्न वैदेशिक लगानी बढाउने नीति बनाउने उद्देश्य रहेको छ ।

नेपालमा कृषिको सट्टा सेवा क्षेत्र अघि बढेपनि यो दिगो हुन नसकेको उहाँको भनाइ छ । यो अभियानले उत्पादन बढाउने र नेपालीलाई आत्मर्भिर बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ । यसले प्रधानमन्त्री रोजगार कार्यक्रममा पनि सहयोग मिल्ने अध्यक्ष मोरको भनाई छ ।

वि.सं.२०७७ फागुन २४ सोमवार १६:४३ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...