back
NMB ad

कोरोनाले थलापरेको अर्थतन्त्रले कोभिसिल्डपछि लय लियो, पूँजीबजारमा सकारात्मक असर पर्छः विज्ञ

Kumari bank ad

काठमाडौँ । कोरोना महामारीका कारण थालिएको नेपालको अर्थतन्त्र कोरोना विरुद्धको भ्याक्सिन (कोभिसिल्ड) सार्वजनिक प्रयोगमा आएसँगै त्यसले नेपाली अर्थतन्त्रलाई नयाँ गति दिएको विज्ञहरुले टिप्पणी गरेका छन् ।

काठमाडौँमा आयोजित ‘कोरोनाले थालाएको व्यापार-व्यवसाय र कोभिसिल्डपछी जुर्मुराएको अर्थतन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले यस्तो टिप्पणी गरेका हुन् ।

साना तथा मझयौला व्यवसाय गर्ने व्यवसायीहरुको छाता संगठन फेडेरेसन अफ नेप्लिज स्टार्ट अप्स एण्ड एसएमइज (फोन्सास)ले आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रमा रही व्यापार व्यवसाय गरिरहेका व्यवसायी तथा सम्बन्धित क्षेत्रका विज्ञहरुले कोभिसिल्डपछि नेपाली व्यवसायमा नयाँ युग सुरु भएको टिप्पणी गरेका छन् ।

कार्यक्रममा फोन्सासका अध्यक्ष अर्जुन भट्टराईले कोभिसिल्डपछी व्यापार व्यवसाय गर्नेहरुलाई व्यवसाय गर्ने ढुक्कको वातावरण धारणा राखेका छन् । कोरोनाका कारण थुप्रै व्यवसाय बन्द हुने अवस्थामा पुगेको बेला कोभिसिल्डले नेपाली व्यवसायहरुलाई नयाँ जीवन दिएको उहाँको तर्क थियो ।

‘कोभिसिल्ड आएपछि अहिले सबैतिर ढुक्कको वातावरण बनेको छ । कोरोनाले सिर्जना गरेको ठुलो त्रासलाई अहिले कोभिसिल्डले मारेको छ । सटिक रुपमा भन्दा कोभिसिल्ड व्यवसायीहरुका लागि मात्र होइन व्यवसायको समेत औषधि बनेको छ’ उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रा. डा. नवराज पन्तले कोभिसिल्डपछी नेपाली अर्थतन्त्रले नयाँ लय समातेको दाबी गर्नुभयो । लामो समय कोरोनाका कारण थालिएको अर्थतन्त्र कोभिसिल्डपछी थप मजबुत हुने आशा व्यक्त गर्दै उहाँले कोरोनाविरुद्ध खोप मानिसहरुका लागि मात्र नभई व्यवसायका लागि पनि निकै प्रभावकारी रहेको बताउनु भयो ।

‘कोभिसिल्ड आएपछी यसले नेपालीहरुलाई छुट्टै आत्मविश्वास त दिएको छ नै, यसले समग्र व्यापार व्यवसायलाई पनि चलायमान बनाउने आत्मविश्वास दिएको छ’ उहाँले भन्नुभयो, ‘कोभिसिल्ड नआएको भए व्यापार व्यवसाय चलायमान गराउन अझै गाह्रो अवस्था थियो । व्यवसायीहरु ढुक्क भएर काम गर्ने अवस्था थिएन । अहिले ढुक्कसँग आवतजावत गरेर व्यापारमा संग्लग्न हुने स्थिति कोभिसिल्डकै कारण भएको हो ।’

कार्यक्रममा नागरिक अगुवा परशुराम भट्टराईले कोरोनाका कारण त्रासमा रहेका नेपालीहरुलाई कोभिसिल्डले दिएको आत्मविश्वास निकै महत्वपूर्ण र उल्लेखनीय रहेको बताउनु भयो ।

उहाँले कोभिसिल्ड जनताका लागि एउटा खोप मात्र नभई, सरकारप्रतिको विश्वाससमेत रहेको टिप्पणी गर्नुभयो । कोभिसिल्डकै कारण अहिले कोरोनाप्रतिको त्रास पूर्ण रुपमा हट्दै गएको बताउँदै उनले छिटोभन्दा छिटो सबै जनतामाझ कोभिसिल्ड पुर्याउन सरकारले ढिलो गर्न नहुने भनाई राख्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, काठमाडौँ जिल्ला समितिका अध्यक्ष शन्तराम बिडारीले सरकारले प्राथमिकताका आधारमा पत्रकारहरुलाई कोभिसिल्डको उपलब्ध गराउनु निकै खुसीको कुरा भएको र यसले फ्रन्टलाईनमा रहेर काम गर्ने पत्रकारहरुलाई नयाँ उर्जा दिएको बताउनु भयो ।

कोरोना महामारीमा पनि पत्रकारहरुले जोखिम लिएरै पनि जनतालाई सुसुचित गराउने काम गरेको स्मरण गर्दै उहाँले कोभिसिल्डपछि आमसंचारकर्मीहरुको पनि आत्मविश्वास बढेको बताउनु भयो । कोरोना महामारीका कारण थुप्रै स्वरोजगारमुखी मिडियाहरु पलायन हुनुपर्ने अवस्था सिर्जना भएको स्मरण गर्दै उहाँले अब कोभिसिल्ड आएपछि त्यस्तो नहुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले कोभिसिल्ड आएपछि व्यापार व्यवसाय गर्ने ढुक्कको वातावरण बनेकाले नेपालको सेयर बजार अझ सुधृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

कोरोना महामारीका कारण नेपालको अर्थतन्त्रमा नकारात्मक असर परेको भएपनि कोभिसिल्ड आएपछि अर्थतन्त्र चलायमान भएकाले नेपालको पूँजीबजारमा ढुक्कसँग लगानी गर्ने वातावरण बनेको र यसको फाइदा उठाउन उहाँले सबैलाई आग्रह गर्नुभयो । नेपालको पूँजीबजार अर्थतन्त्रको ऐना भएको स्मरण गर्दै उहाँले कोभिसिल्डको प्रभावकारितासँगै यसले नेपाली पूँजीबजारमा पनि सकारात्मक असर गरेको धारणा राख्नुभयो ।

कार्यक्रममा चार्टर्ड एकाउन्टेन्ट एवम् नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान)का पूर्व अध्यक्ष हरि सिलवालले कोभिसिल्डले सबै व्यापार व्यवसायीहरुलाई नयाँ र बलियो आत्मविश्वास दिएको बताउनु भयो । कोरोना महामारीपछि नेपालको अर्थतन्त्र अब कसरी अगाडि बढ्छ भन्ने विषयमा चर्चा परिचर्चा भएका भेला कोभिसिल्डको आगमनले नेपाली अर्थतन्त्रलाई आफ्नो लयमा फर्काएको र यसको सकारात्मक नतिजा छिट्टै देखिने उहाँको तर्क छ ।

वि.सं.२०७७ फागुन २५ मंगलवार १०:२७ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...