काठमाडौं । नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक सामान्य अंकले ओरालो लागेको छ । आज नेप्से ३.४० अंकले ओरालो लागेको हो ।
परिसुचक ०.१४ प्रतिशतले ओरालो लागेसंगै २४५८.४८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । कारोबारका १३ उपसमुहमध्ये ७ उपसमुह बढेको छ भने बाँकी ६ उपसमुह ओरालो लागेका छन् ।
अन्तिम समयसम्म कारोबारमा आएका २०५ कम्पनीको ७८ लाख १६ हजार ८७४ कित्ता शेयर ४६ हजार ९४८ पटक खरिद बिक्री हुदाँ ४ अर्ब १० करोड ४ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
वि.सं.२०७७ फागुन २६ बुधवार १५:४४ मा प्रकाशित