back
NMB ad

ठूला जलविद्युत बाहेकका क्षेत्रमा अपेक्षाकृत प्रत्यक्ष वैदेशिक लगानी आउन सकेनः अध्यक्ष गोल्छा

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ठूला परियोजनाहरू पहिला नै तयारी गरि लगानी सम्मेलन गर्न सके त्यो बढी फलदायी हुने बताउनु भएको छ ।

‘हामीले त्यस्तो तयारी नगरी लगानी सम्मेलन लगायतका कार्यक्रम गर्दा त्यो अपेक्षाकृत सफल हुन सकेन’ अध्यक्ष गोल्छाले भन्नुभयो । अब हामीले ‘रेडिमेड प्रोजेक्ट’ सहित छिमेकी मुलुक भारत तथा चीनबाट वास्तविक लगानीकर्ता भित्र्याउने गरि काम गर्नुपर्छ । ‘देशमा लगानी सम्मेलन त भए तर केही ठूला जलविद्युतमा रहेको प्रत्यक्ष वैदेशिक लगानीलाई छोडेर हेर्ने हो भने अपेक्षित रूपमा विदेशी लगानी आउन सकेको छैन’ उहाले भन्नुभयो ‘यो यथार्थ हो ।’

महासंघले भारत, चीन लगायतका बाह्य लगानी आउन सक्ने देशका नेपालमा रहेका दुतावासहरूसंग पनि यस विषयमा छलफल अगाडि बढाएको जानका।प् गराउनु भयो । अध्यक्ष गोल्छाले यो प्रयास परिणाममुखी हुनुपर्ने र महासंघ त्यसको तयारीमा रहेको स्पष्ट पार्नुभयो ।
विक्रम सम्वत् २०४६ सालको परिवर्तन पश्चात मुलुकले अवलम्वन गरेको आर्थिक उदारीकरणको नीतिसंगै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित भई लगानी समेत आएका थिए । विविधकारणले त्यो विस्तार भएर जान नसकेको उहाँको तर्क छ ।

नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूले प्रोफिट पनि राम्रो गरेको भन्दै थप बाह्य लगानी भित्र्न नसकेको उहाको तर्क छ । ‘समस्या कहा“ छ त्यसको निक्र्यौल गर्न सरकार तथा निजी क्षेत्रको एकिकृत प्रयासको खाँचो छ’, अध्यक्ष गोल्छाले भन्नुभयो ‘नेपालमा कुन क्षेत्रमा विदेशी लगानी खुला गर्ने र कुन क्षेत्रमा नगर्ने भन्ने विषयमा पनि निकै धेरै गृहकार्य जरूरी छ ।’

बाह्य लगानी आकर्षणमा रहेका बाधा हटाउनु पर्ने र विदेशी लगानीकर्ताले लैजाने मुनाफाका विषयमा पनि थप स्पष्टता जरुरी रहेको महशुस निजी क्षेत्रले गरेको छ । अध्यक्ष गोल्छाले भन्नुभयो ‘वाह्य लगानी आकर्षणको अर्को महत्वपूर्ण पक्ष भनेको कन्ट्री रेटिङ पनि हो जुन हामी भर्खर त्यसको अभ्यास गर्दैछौं । एकद्वार प्रणालीको प्रभावकारी उपयोगमा सरकारको प्रतिवद्धता आवश्यक देखिन्छ ।’

कोभिडकै कारण विश्वमा प्रत्यक्ष वैदेशिक लगानीमा कमी आइरहेको बेला कोभिड पश्चात नेपालमा बाह्य लगानी आकर्षण गर्न अहिलेदेखि नै गृहकार्य गर्न जरुरी रहेको उहाको भनाई छ । नेपाल उद्योग वाणिज्य महासंघको अन्तराष्ट्रिय लगानी प्रवद्र्धन समिति विस्तार कार्यक्रममा अध्यक्ष गोल्छाले भन्नुभयो ‘समितिले बाह्य लगानी आकर्षणका वास्तविक समस्याहरूको पहिचान सहित महासंघको सुझाव तयार गर्र्नुहोस ।’

उहाले समितिको कार्य क्षेत्रनै मुलुकभित्र अन्तराष्ट्रिय लगानी प्रवद्र्धन रहेकाले यसमा ठोस उपलव्धी हुने गरि समितिलाई केन्द्रीत गर्न सुझाव दिनुभयो ।

अध्यक्ष गोल्छाले वास्तविक लगानीकर्ताको सहभागितामा लगानी सम्मेलन गर्ने गरि समितिलाई तयारी थाल्न सुझाव दिनुभयो । उहा“ले भन्नुभयो ‘भारत र चीनका यहांस्थित दुतावासहरूसंग समेत समन्वय गरेर गृहकार्य थाल्नुहोस ।’

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल बाह्य लगानी आकर्षणका लागि लालयित छ भन्ने संदेश दिन समितिले कार्य गर्ने विश्वास आफूले गरेको बताउनु भयो । वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र प्रत्यक्ष विदेशी लगानी आकर्षण हुन नसक्नुका विषयमा गहिरो अध्ययन गरी महासंघको सुझाव तयार गर्न समितिलाई आग्रह गर्नुभयो ।

महासंघको कार्यकारिणी समितिका सदस्य आनन्दकुमार वगाडियाको सभापतित्वमा समित विस्तार भएको हो । समितिका सदस्यहरूमा शक्तिकुमार वेगानी, गजेन्द्र भगत, दिवाकार राठी, समिर शर्मा, समीक्षा राई, दिलिप अग्रवाल र दिपिका श्रेष्ठ हुनुहुन्छ ।

त्यसैगरी समितिका सल्लाहकारहरूमा इन्जिनियर देश बन्धु बस्नेत अजित, सुनिल केसी, डा. नारायण प्रसाद रेग्मी र कुमार पन्त हुनुहुन्छ भने आमन्त्रितहरूमा संदीपकुमार अग्रवाल, साहिल अग्रवाल, विजयसिंह वैद्य, संजय गिरी, भरतराज आचार्य, अभिमतराज सुमार्गी, शुभाशिष थपलिया, उज्जवल श्रेष्ठ, गुरु प्रसाद ढकाल, विशाल मणी उपाध्याय, मनोज पौडेल, सैबल घोष र रमेश अधिकारी हुनुहुन्छ ।

वि.सं.२०७७ चैत ५ बिहीवार १६:२४ मा प्रकाशित

You can share this post!

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४८

काठमाडौं, २८ वैशाख : मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीन सरकारले...

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४४

काठमाडौँ, २८ वैशाख : सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज...

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने   

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४०

काठमाडौँ, २८ वैशाख : सरकारले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु...

लक्ष्मी मोटर कोर्पोरेसनद्वारा नेपालमा ह्युण्डाई मोटर एसेम्बली प्लान्टको उद्घाटन

लक्ष्मी मोटर कोर्पोरेसनद्वारा नेपालमा ह्युण्डाई मोटर एसेम्बली प्लान्टको उद्घाटन

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:३६

काठमाडौं । ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलको मुख्य कम्पनी...

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:४१

काठमाडौं :  ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय...

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:३५

काठमाडौं : नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार...