काठमाडौं । राष्ट्रिय खाद्य बैंकका अध्यक्ष शंकर उप्रेतीले २३ वटा जिल्लामा अन्न उत्पादन गर्ने तयारी रहेको र भविश्यमा तरकारी तथा फलफुलहरु उत्पादन गर्दै जाने बताउनु भएको छ ।
बैंकले सबै प्रदेशमा प्रादेशिक कार्यालय र ७७ वटै जिल्लामा जिल्ला कार्यालय र आवश्यकता अनुसार विभिन्न पालिका तथा वडाहरुमा समेत जान लागेको उप्रेतीले जानकारी गराउनु भयो ।
उप्रेतीले बैंकको सार्थकता र औचित्यको बारेमा जानकारी गराँउदै बैंकले कृषि, पशु, जडिबुटी लगायतका हरेक उत्पादनसँग सम्बन्धित उत्पादन र अनुसन्धान अन्तर्गतका कार्यहरु समेत गरिँँदै जाने प्रस्ट्याउनु भयो ।
अध्यक्ष उप्रेतीले बिग्रेको माटोलाई सपार्दै जैविक खेती पद्धतीबाट उत्पादन गर्ने बैंकको लक्ष्य रहेको बताउँदै आम किसान वर्ग र उपभोक्तालाई समेत जैविक खेतीको बारेमा प्रयाप्त जानकारी र विकल्प समेत दिएर अगाडि बढ्ने बताउनुभयो ।
बैंकले उत्पादनको बाली पात्रो बनाएर अगाडि बढ्ने जानकारी गराउँदै उप्रेतीले विभिन्न क्षेत्रका विज्ञहरुको समुह बैंकमा भएको र विभिन्न बालीहरुका जातका बिउहरु समेत उत्पादन गरिने छ ।
नेपालमा रहेका बाँझा जग्गाहरुको सदुपयोग गर्न जहाँ जे फल्छ त्यहि उत्पादन गर्दै अगाडि बढ्दै जाँदा नेपालमा कृषि क्षेत्रमा भएको परनिरभरता समेत घटाउन सकिने उहाँको तर्क छ ।
कार्यक्रममा बैंकका सल्लाहकार तथा बरिष्ठ धान बाली विज्ञ भोलामानसिँह बस्न्यातले धानको उत्पादनले प्रत्यक्ष रुपमा देशको कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा असर पार्ने र धानको उत्पादन बढाउन सके जिडिपी मा नै वृद्धि हुने धारणा राख्नुभयो ।
नेपालका सिँचाईको सुविधा भएका विभिन्न तराई, भित्री मधेश तथा पहाडी क्षेत्रमा चैते धानको प्रवद्र्धन गर्नुपर्ने बताउनु भयो । धान फूल फुलेपछिको समयमा सुर्यको प्रकाश जति बढी भयो त्यति नै धानको उत्पादन बढ्ने हुँदा चैते धानको खेतीको भु–भाग बढाउनुपर्ने र किसानलाई चैते धानमा खेती गर्न प्रेरीत गर्नुपर्ने बताउनु भयो ।
‘नेपालले आज भन्दा ३ दशक अघिसम्म चामल निर्यात गर्ने देशमा पर्दथ्यो, करिब मासिक रुपमा साढे २ अर्बको चामल आयात गर्नुपरेको तितो यथार्थ समेत राखे’ उहाँले भन्नुभयो, ‘धानको उत्पादन बढाउन बिऊको गुणस्तरदेखी प्रविधिको कुराहरुले पनि असर पार्ने छ ।’
बैंकका सल्लाहकार तथा कृषि विज्ञ प्रा. डा. टंक प्रसाद पोखरेलले विषाक्त खानपानको एकदमै रोगी भएको र यसलाई बैंकले घटाउदै लानुपर्नेमा जोड दिनुभयो ।
वि.सं.२०७७ चैत ८ आइतवार १०:४९ मा प्रकाशित