back
NMB ad

लघुवित्त सङ्घको अध्यक्षमा पुनः पोखरेल निर्वाचित

Kumari bank ad

काठमाडौं । लघुवित्त सङ्घ नेपालको नयाँ कार्यसमिति चयन भएको छ । सङ्घका संस्थापक अध्यक्ष जगत पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।

काठमाडौँमा भएको सङ्घको प्रथम साधारणसभाले उपाध्यक्षमा भगवती चौधरी र माणिकरत्न शाक्य, महासचिवमा बाबुराम विश्वकर्मा, सचिवमा अनन्तकुमार श्रेष्ठ र कोषाध्यक्षमा नरेश केसीलाई नै निर्वाचित गरेको छ ।

यस्तै सदस्यमा विमला उपाध्याय घिमिरे र किरण चौधरी निर्वाचित हुनुभएको छ । स्थापनाका बेला नौ सदस्यीय रहेको समिति विस्तार गरी ११ सदस्यीय बनाउने र बाँकी तीन जनापछि मनोनित गर्ने निर्णय पनि साधारणसभाले गरेको छ ।

सङ्घले प्रथम साधारणसभा तथा वार्षिकोत्सवका अवसरमा लघुवित्त क्षेत्रमा योगदान गरेका सातलाई सम्मान गरेको छ ।पत्रकारिताको माध्यमबाट लघुवित्त क्षेत्रमा योगदान पु¥याएको भन्दै संस्थाले पत्रकार जीवन भण्डारीलाई सम्मान गरेको हो ।

झण्डै दुई दशकदेखि पत्रकारितामा क्रियाशिल राष्ट्रिय समाचार समिति(रासस)का उपसम्पादक भण्डारीलाई सङ्घको स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडाँैमा अर्थ सचिव शिशिर ढुङ्गानाले सम्मान गर्नुभयो ।

लघुवित्त वित्तिय संस्थाको उत्कृष्ट व्यवस्थापन गरेको भन्दै निर्धन उत्थान बैंकका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्त र फस्ट माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत नुमनाथ पौडेललाई उत्कृष्ट सिइओ सम्मान प्रदान गरिएको छ ।

त्यसैगरी लघुवित्त क्षेत्रमा अध्ययन अनुसन्धानको माध्यमबाट योगदान गर्नु भएकाले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक भरतसिंह थापालाई पनि सम्मान गरिएको छ ।

सङ्घले लघुवित्त वित्तीय संस्थामा सेवाग्राहीको रुपमा आबद्ध भइ आफ्नो आर्थिक तथा सामाजिक उत्थान गर्नुभएका तीन महिलालाई प्रोत्साहन स्वरुप सम्मान गरेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

उहाँले लघुवित्त क्षेत्रको संवद्र्धन गर्न र बिक्रेता न्यूनीकरण गर्न योगदान गरेका व्यक्तिलाई सङ्घले हरेक वर्ष प्रोत्साहन गर्ने योजना बनाएको पनि बताउनुभयो ।

देशभरी रहेका लघुवित्त वित्तीय संस्थालाई सङ्गठित गरी यस क्षेत्रका समस्याको समाधान गर्दै सेवालाई प्रभावकारी र उपयोगी बनाउने उद्देश्यले गत वर्ष सङ्घको स्थापना भएको हो ।

अध्यक्ष पोखरेलले लघुवित्तका विकृति विसङ्गति रोक्न, नीतिगत विषयमा बल पु¥याउन र लगानीकर्ताको लगानी सुरक्षित गराउन सङ्घको स्थापना गरिएको जानकारी दिनुभयो ।

सरकार र राष्ट्र बैंकसँग समन्वय गरेर अघि बढ्न, व्यवस्थापन र कर्मचारीको मनोबल बढाउने काममा लाग्न पनि सस्था आवश्यक रहेको उहाँको भनाइ थियो ।

लघुवित्त क्षेत्रलाई प्रभावकारी बनाउन वित्तीय साक्षरता अत्यावश्यक रहेकाले घरघरमा पुगेर वित्तीय साक्षरता दिनुपर्नेमा उपाध्यक्ष चौधरीले जोड दिनुभयो ।

लघुवित्तले गरेको राम्रो काममा पनि राज्यलगायत सरोकारवालाको हेर्ने नजर सन्तोषजनक नरहेको महासचिव विश्वकर्माको अनुभव छ ।

माइक्रोफाइनान्स मर्ज हुने क्रम चलिरहेकाले अहिले ७८ वटा माइक्रोफाइनान्स रहेको र ४० वटा सङ्घमा आबद्ध रहेको सचिव अनन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

वि.सं.२०७७ चैत ८ आइतवार ११:१९ मा प्रकाशित

You can share this post!

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:३०

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट...

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...