काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको आइपीओमा १ अर्ब ३९ करोड ८० लाख ५२ हजार रुपैयाँको आवेदन परेको छ । सीडीएसका अनुसार ८ लाख ८३ हजार ७५ जना आवेदकले १ करोड ३९ लाख ८० हजार ५२० कित्ताको लागि आवेदन दिएका छन् ।
कम्पनीले चैत ६ गतेबाट प्रति कित्ता सय रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको छ । जसमा ५८ हजार कम्पनीका कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । २६ लाख ४० हजार कित्तामा सर्वसाधारण लगानीकर्ताले १० गतेसम्म आवेदन दिन पाउने छन् ।
यसमा न्यूनतम १० देखि अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन पाएने छ । आवेदन दिँदा सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिन छ । यसको बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।
वि.सं.२०७७ चैत ८ आइतवार १७:१२ मा प्रकाशित