back
NMB ad

एमएडब्लु वृद्धिले नेपालमा खोल्यो फोटनको विश्वस्तरीय सोरुम

Kumari bank ad

काठमाडौं । नेपालका लागि फोटन मोटरको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्शियल भेहिकलले ललितपुरको बालकुमारीमा फोटनको विश्वस्तरीय सोरुम खोलेको छ ।

करिब २५ सय वर्ग फिटमा फैलिएको यो नयाँ‘स्टेट–अफ–आर्ट’ सोरुमले नेपालमा फोटन ब्रान्डको ‘नयाँ अनि ठूलो सुरुवात’लाई संकेत गर्छ ।

काठमाडौं उपत्यकाको मुटुमा खुलेको विश्वस्तरीय सोरुमले ‘फोटन नेपालको अटो मोबाइल बजारमा बलियो आधारको स्थापना गर्न प्रतिबद्ध छ ’भन्ने देखाउँछ । नयाँ सोरुम नेपालमा फोटनको ‘बिगप्लान’अन्तर्गत स्थापना गरिएको हो ।

फोटनको नयाँ सोरुमलाई फोटन मोटर नेपालको फेसबुक, इन्स्टाग्राम र युट्युब च्यानलमा‘लाइभ’गरी भच्र्युअल माध्यमबाट सार्वजनिक गरिएको थियो ।

‘आजको दिनहाम्रालागिनिकै रोमाञ्चक छ । ग्राहकमहानुभावहरु सदाहाम्रो पहिलो प्राथमिकतामा पर्नुहुन्छ, त्यसैले,उहाँहरुको आत्मविश्वास बढाउन र उहाँहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न हामीले यो आधुनिक सोरुम स्थापना गरेकाहौं,’ एमएडब्लु ग्रुप अफ कम्पनिजका अध्यक्ष विष्णुकुमार अग्रवालले भन्नु भयो ।

‘हामीले केही महिनाभित्रै २० हजार वर्ग फिटमा फैलिएको नयाँ स्टेट–अफ–आर्ट सर्भिस फेसिलिटी पनिनिर्माण गर्दैछौं, यसबीच,हामीले इटहरी, नेपालगञ्ज र बुटवलमा पनि सर्भिस तथा स्पेयर्स सेन्टर खोल्दैछौं’,उहाँले भन्नुभयो–‘यसका साथै ग्राहकलाई सर्वोत्कृष्ट सेवा दिनका लागि देशभर १२ वटा आधिकारिक सर्भिस सेन्टरको स्थापना गर्दैछौं ।’

फोटनको नयाँ सोरुमले फोटनका कमर्शियल भेहिकलमा रुचीभएकाहरुकालागि‘शप विन्डो’को काम गर्नेछ । ‘अबग्राहकले फोटनका उत्पादन एउटै ठाउँमा हेर्नुका साथै बेस्ट सेल्स कन्सल्ट्यान्टहरुबाट कन्सल्टेसन पाउनुहुनेछ ।

यसकाअलावाग्राहकले फोटन ब्रान्ड र नेपालमाउसको भावी योजनाबारे जानकारी पाउनसक्नुहुनेछ,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशकविवेक सिकारियाले भन्नुभयो, ‘हामीहाम्राग्राहकलाई नयाँ सोरुमा स्वागतगर्नव्यग्र छौं ।’

फोटन चीनको नम्बर १. कमर्शियल भेहिकल ब्रान्ड हो जसले सन् २०२० माविश्वभर ६ लाख ८० हजार युनिट सेल्स हासिल गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा २६ प्रतिशत बढी हो ।

फोटनका उत्पादन विश्वका २७ वटा एसेम्बली प्लान्टमा उत्पादनभई एक सय १० देशमाउपलब्ध छन् । हाल एमएडब्लु वृद्धिले नेपालमा फोटनका पिकअप र भ्यान विक्री वितरण गर्दै आएको छ ।

वि.सं.२०७७ चैत ९ सोमवार १७:४३ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...