काठमाडौं । साहस उर्जा कम्पनी लिमिटेडले १ अर्ब ५ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।
निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि कम्पनीले गत मंसिर २४ गते, नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेको छ ।
कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।
वि.सं.२०७७ चैत ११ बुधवार १३:४३ मा प्रकाशित