काठमाडौं । सोमाबार नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा २८ लाख ४६ हजार कित्ता सेयर सूचीकृत भएको छ । सोमबार एक विकास बैंकसहित चार कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा साहारा विकास बैंक, पोखरा फाइनान्स लिमिटेड, आरएसडीसी लघवित्ति वित्तिय संस्था र एनएमबि लघुवित्तत वित्तिय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।
जसमध्ये साहारा विकास बैंकको ९ लाख २१ हजार १४८ दशमलव ७० कित्ता हकप्रद सेयर, पोखरा फाइनान्सको ४ लाख ५८ हजार ६४० दशमलव ८६ कित्ता बोनस सेयर, आरएसडीसी लघुवित्तको ९ प्रतिशत बोनस सेयर बापतको ६ लाख ४ हजार ३७० दशमलव ४५ कित्ता र एनएमबि लघुवित्त वित्तिय संस्थाको ८ लाख ६१ हजार ८७३ दशमलव २५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
वि.सं.२०७७ चैत १६ सोमवार १६:५५ मा प्रकाशित