काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको परिमाणलाई बढाएर २० किलो पुर्याएको छ ।
अहिले १० किलो मात्रै आयात गरिदै आएकोमा अब दैनिक २० किलो आयात गर्न सकिने भएको छ । यो सुन इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था र सरोकारवाला अन्य निकायले आयात गर्न पाउने भएका छन् ।
राष्ट्र बैंकले एकिकृत परिपत्र २०७६ लाई संशोधन गर्दै सुन आयातको परिमाणलाई बढाएको हो । अहिले व्यवसायीहरुले दैनिक ३० किलो काँचो सुन आयात गर्न माग गरेपनि राष्ट्र बैंकले २० किलोसम्म आयात गर्न बाटो खोलेको छ ।
वि.सं.२०७७ चैत १९ बिहीवार १७:१४ मा प्रकाशित