back
NMB ad

नजिकियो नागरिक लगानी कोषको १ लाख ३ हजार कित्ता सेयर किन्ने समय, कति दिन बाँकी ?

Kumari bank ad

काठमाडौं । नागरिक लगानी कोषको १ लाख ३ हजार ७ सय कित्ता संस्थापक सेयर आवेदन दिने समय थप भएको छ ।

एक सूचना निकाल्दै कोषले प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको स्वामित्वमा रहेको उक्त सेयरमा आवेदन दिने समयावधि थप गरेको जनाएको छ ।

अब उक्त सेयर खरिद गर्न इच्छुक बीमा कम्पनी, बैंक तथा वित्तीय संस्थाहरुले चैत २६ गतेसम्म बोलपत्र पेश गर्ने सक्नेछन् ।यसअघि चैत ११ गतेदेखि लिलामीमा विक्री खुला गरेको उक्त सेयरको आवेदन दिने अन्तिम मिति चैत १९ गतेसम्म थियो ।

उक्त सेयरको न्यूनतम मूल्य १ हजार ३५० रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । कम्पनीको सेयर विक्री प्रबन्धकमा नेपाल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

उक्त सेयर किन्नका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथिको लागि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

वि.सं.२०७७ चैत २० शुक्रवार ११:५७ मा प्रकाशित

You can share this post!

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...