back
NMB ad

मेरो सेयर नखुलेर लगानीकर्तालाई हैरान, भेन्डर कम्पनीबाट सिडिएससी नै वाक्क !

Kumari bank ad

काठमाडौं । मेरो सेयर रामोसँग नचलेपछि सिडिएससीले लगानीकर्तालाई सहज बनाउन भन्दै विभिन्न तरिका अपनाउने गरेको छ । तर त्यो योजना पनि असफल प्रायः भएको छ । जसले गर्दा लगानीकर्ताले रुरु जलविद्यत् परियोजनाको आइपीओमा सहजै आवेदन दिन सकेका छ्रैनन् ।

मेरो सेयरमा समस्या देखिएपछि केही दिन अघि मात्रै सिडिएससीले थप २ वटा सफ्टवेयर इन्स्टल गरेको छ भने सर्भर पनि नयाँ राखेको छ । त्यसले गर्दा पनि लगानीकर्ताको भार थेग्न असफल भएको छ ।

डाटा माइग्रेन्ट गरेपछि यो समस्या समाधान हुने अपेक्षा रहेको थियो । तर बेला बेलामा मेरो सेयर नखुल्ने तथा लगआउट हुने समस्या देखिएपछि सिडिएससीले लगानीकर्तालाई आफ्नो ब्राउजरको इन्कोग्निटो विन्डो अथवा प्राइभेट विन्डो मार्फत सेवा सञ्चालन गर्न सुझाव दिएको छ । शनिबार सार्वजनिक बिदाको दिन सिडिएससीको यो सुझावले पनि प्रभावकारी काम गरेको छैन ।

सिडिएससीले ब्राउजरको इन्कोग्निटो विन्डो अथवा प्राइभेट विन्डोमा मेरो सेयर सहजै खुल्ने र आवेदन दिन सकिने भनेको थियो । यो पनि नखुल्दा लगानीकर्ताले हैरानी व्यहोर्नु परेको छ । मेरो सेयरमा देखिएको सुस्तताले गर्दा लगानीकर्ताले इडिआईएस पनि गर्न समस्या भएको छ । त्यो समस्या समाधान गर्न सिडिएससीको यो योजनाले काम गर्न सकेको छैन ।

सिडिएससीले यो समस्या समाधान गर्न सर्भर थप्ने, डाटा माइग्रेन्ट गर्ने लगायतको काम गर्दा पनि लगानीकर्ताले सहजै सेवा लिन पाएका छैनन् । यो समस्या कहिले समाधान हुन्छ, लगानीकर्ताले कहिलेबाट सहजै मेरो सेयरबाट आइपीओ भर्न सक्ने व्यवस्था हुन्छ भनेर जानकारी लिन खोज्दा मेरो सेयरको भेक्डर कम्पनी एफ वान सफ्टका अधिकारीसँग पटक पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेन् ।

सिडिएससीका एक अधिकारीका अनुसार एफवान सफ्टलाई यो समस्या समाधान गर्न पटक-पटक आग्रह गर्दा पनि हुन्छ हुन्छ भन्ने तर समस्या समाधान नभएका कारण लगानीकर्ताले समस्या व्यहोर्नु परेको छ । ‘यो प्राविधिक विषय हो हामीले यसको क्षमता विकास गर्नको लागि के गर्नुपर्छ गर्न तयार छौ तर सजिलै चल्ने खालको बनाउनु पर्यो भनेका छौं सर्भरको काम भएको छ, सफ्वयर पनि इन्ष्टल पनि भएको छ’ उहाँले भन्नुभयो ‘यो समस्या समाधान गर्न एफवानले सक्ला जस्तो छैन, लगानीकर्तालाई कति दुःख दिनु, यो त बोरे युग भन्दा बढी समस्या भयो ।’

सिडिएससीले यो पटक मात्रै होइन अघिल्ला आइपीओ आउँदा पनि मेरो सेयर काम नगर्दा हामी लागी रहेका छौं, १, २ घन्टामा नै समस्या समाधान हुन्छ भन्ने गरेको र त्यो समस्या अहिलेसम्म पनि कायमै रहेको उहाँको भनाइ छ ।

‘समस्या देखिएपछि हामी किन यस्तो समस्या भयो, लगानीकर्तालाई राम्रो सेवा दिनुपर्छ, छिटो चल्ने बनाउनु भन्छौं’ सिडिएससीका ति अधिकारीले भन्नुभयो ‘उहाँहरु ए भइहाल्छ अब एक दुई घन्टामा नै हुन्छ भन्नुहुन्छ, अहिलेसम्म पनि यो समस्याको समाधान निस्केन । कति पटक त मेरो सेयर नचलेर आइपीओ आउँदा हामीले आवेदन दिने समय समेत थप्नु परेको छ ।’ तै पनि भेन्डर कम्पनीले लापरबाही गरेर लगानीकर्ताले हैरानी खेप्नु परेको र सिडिएससीले गाली खानु परेको उहाँको तर्क छ ।

वि.सं.२०७७ चैत २१ शनिवार १३:१२ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...