back
NMB ad

यी ९ कम्पनीको आईपीओ, जसले बनायो लगानीकर्तालाई छोटो समयमै मालामाल ! (सूचीसहित)

Kumari bank ad

काठमाडौं । विगत १० महिना यता सेयर लगानीकर्ताको लागि धेरै नै लाभदायक समय बनेको छ । यो अवधिमा आएका आईपीओमा लगानी गर्ने लगानीकर्ताहरु मालामाल बनेका छन् ।

बजार पनि बढि रहेको छ । नयाँ नयाँ कम्पनीको आइपीओ आउने क्रम पनि बढी रहेको छ । बढि रहेको बजारलाई नयाँ कम्पनीको आइपीओले उछाल ल्याउन सहयोग गरेको छ । बजारमा नयाँ लगानीकर्तालाई आकर्षित पनि बनाएको छ । हामीले यहाँ अहिले चर्चामा रहेका नौ वटा कम्पनीलाई छनोट गरेका छौं । जसमाः

नेपाल पुनर्बीमा कम्पनीः

नेपाल पुनर्बीमा कम्पनीको सेयर २०७७ असार १५ गते नेप्सेमा सूचिकृत भयो । कम्पनीको पहिलो कारोबार प्रति कित्ता ४२४ रुपैयाँमा भएको थियो । पहिलो दिनमा नै कारोबार सुुरु भएको १ घन्टा नपुग्दै १० प्रतिशतले घटेर ३८२ रुपैयाँमा रोकियो ।

बिहीबारसम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४५४ रुपैयाँ पुगेको छ । असारमा १ हजार रुपैयाँ यो कम्पनीमा लगानी गरेको लगानीकर्ताको सम्पती अहिले १४ हजार ४५० रुपैयाँ पुगेको छ ।

कम्पनीको सेयर मूल्य मंसिर १७ गते प्रतिकित्ता १७५८ रुपैयाँसम्म पुगेको थियो । त्यसपछि भने अहिले भाउ घटेको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले मूल्यका १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सेयर सर्वसाधरणका लागि निष्काशन गरेको थियो ।

साधना लघुबित्त वित्तीय संस्थाः

साधाना लघुवित्त वित्तीय संस्थाले असार २१ गते सर्वसाधारणको लागि प्रति कित्ता सय रुपैयाँका दरले ७ लाख ७ हजार ८०० कित्ता सेयर निष्काशन गर्यो ।

आइपीओमा लगानीकर्ताको आकर्षण पनि धेरै नै देखियो । साउन २५ गतेबाट दोसंो बजारमा कारोबार हुन थाल्यो । कम्पनीको सेयर मूल्य ३९७ रुपैयाँ रहेको थियो । त्यसपछि कम्पनीको सेयरले नयाँ नयाँ रेकर्ड कायम गर्दै गयो ।

बिहीबारसम्म कम्पनीको सेयर मूल्य प्रति कित्ता १४४५ रुपैयाँ पुगेको छ । असार एक हजार रुपैयाँ लगानी गर्ने लगानीकर्ताको सम्पती अहिले १४ हजार ४५० रुपैयाँ पुगेको छ । कम्पनीले लगानीकर्तालाई २० प्रतिशत लाभांश समेत दिने घोषणा गरिसकेको छ ।

अजोड इन्स्योरेन्सः

कम्पनीले सेयर साउन १९ गतेबाट कारोबार हुन थाल्यो । पहिलो कारोबार प्रतिकित्ता २९१ रुपैयाँबाट सुरु भएको थियो । त्यही दिन बढेर ३२० रुपैयाँ पुग्यो । त्यसपछि कम्पनीको सेयर मूल्य लगातार जस्तै बढी रहेको थियो ।

अजोडले प्रति कित्ता १०० रुपैयाँका दरले २९ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेकोमा कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए । त्यो बेला जसलाई १ हजार रुपैयाँको सेयर परेको थियो । आजको उसको एक हजारको सम्पती १० हजार ३१० रुपैयाँको भएको छ । पछिल्लो एक सातायता कम्पनीको सेयर निकै नै बढिरहेको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सः

कम्पनीले भदौ ४ गतेबाट आइपीओ निष्काशन गर्यो । भदौ २३ गतेबाट सेयर कारोबारमा पनि आयो । पहिलो दिन कम्पनीको सेयर मूल्य प्रति कित्ता ३४० रुपैयाँ रहेको थियो । अहिले निरन्तर बढेर ७२१ रुपैयाँ पुगेको छ । जुन लगानीकर्ताले भदौमा यो कम्पनीमा एक हजार रुपैयाँ लगानी गरे उसको सम्पनी अहिले ७ हजार २१० रुपैयाँ पुगेको छ ।

जनरल इन्स्योरेन्सः

रिलायन्स लाइफ भन्दा करिब १ महिनापछि अर्थात अजोस २८ गतेबाट दोस्रो बजारमा जनरल इन्स्योरेन्सको सेयर कारोबार भएको हो । अहिले रिलायन्सको जति नै सेयर मूल्य पुगेको छ । पहिलो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३५ रुपैयाँ रहेको थियो । अहिले ७२१ रुपैयाँ पुगेको असोजमा छ । असोजमा एक हजार रुपैयाँ लगानी गर्ने लगानीकर्ता अहिलेको सम्पनी अहिले ७ हजार २१० रुपैयाँ पुगेको छ ।

सानीमा जनरल इन्स्योरेन्सः

कम्पनीले असोज २१ गतेबाट सर्वसाधारणका लागि आइपीओ निष्काशन गरयो कात्तिक १९ गतेबाट दोस्रो बजारमा कारोबार सुरु भयो । कारोबारको पहिलो दिन प्रति कित्ता ३४२ रुपैयाँ रहेको सेयर ५ महिनाको अवधिमा बढेर ७४५ रुपैयाँ पुगेको छ । यो कम्पनीमा पनि कात्तिकमा एक हजार रुपैयाँ लगानी गरेका लगानीकर्ताको सम्पती ७ हजार ४५० रुपैयाँ पुगेको छ ।

एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाः

कम्पनीले असार १० गतेबाट प्रतिकित्ता १०० रुपैयाँका दरले आइपीओ निष्काशन गरेको थियो । त्यो बेला कम्पनीको सेयरमा एक हजार रुपैयाँ लगानी गर्नेको सम्पती अहिले ८ हजार ७४० रुपैयाँ पुगेको छ । बिहीबारसम्म कम्पनीको सेयर मूल्य प्रति कित्ता ८७४ रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य अहिले दैनिक जसो उच्च बिन्दुमा बढी नै रहेको छ ।

माउन्टेन इनर्जी :

अहिले राम्रो कम्पनीको रुपमा माउन्टेन इनर्जी पनि एक रहेको छ । कात्तिक २६ गतेबाट कम्पनीले प्रति कित्ता एक सय रुपैयाँको दरले सेयर निष्काशन गर्यो । पुस १ गतेबाट दोस्रो बजारमा कारोबार सुरु भयो ।

पहिलो दिन प्रति कित्ता ३७८ रुपैयाँ पुगेको थियो । त्यसपछि कम्पनीको सेयर मूल्यमा निरन्तर बढोत्तरी भइरहेको थियो । बिहीबारसम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७०२ रुपैयाँ पुगेको छ । कात्तिकमा एक हजार रुपैयाँ लगानी गर्ने लगानीकर्ताको सम्पती अहिले ७ हजार २० रुपैयाँ पुगेको छ ।

प्रभु लाइफ इन्स्योरेन्स:

प्रभु लाइफ इन्स्योरेन्सले मंसिर २९ गते बाट आपीओ निष्काशन गरेको थियो । प्रतिकित्ता एक सय रुपैयाँको दरले निष्काशन भएको सेयर पुस १९ गतेबाट दोस्रो बजारमा कारोबार हुन थालेको हो । पहिलो दिन १४१ रुपैयाँ रहेको सेयर मूल्य अहिले प्रतिकित्ता ८२२ रुपैयाँ पुगेको छ । कम्पनीले सेयर मूल्य ९२४ रुपैयाँसम्म पुगेको थियो । अहिले घटेर बिहीबारसम्म आइपुग्दा ८२२ रुपैयाँ रहेको छ । मंसिरमा १ हजार रुपैयाँ लगानी गरेका लगानीकर्ताको सम्पती अहिले ८ हजार २२० रुपैयाँ पुगेको छ ।

वि.सं.२०७७ चैत २१ शनिवार १८:२८ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...