back
NMB ad

राष्ट्रिय योजना आयोगले सार्वजनिक गर्यो पोषण सेवा विस्तार अभियानको ५ वर्षे रणनीति

Kumari bank ad

काठमाडौं । राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्रसंघीय पोषण सेवा विस्तार अभियानको तेस्रो चरण (सन् २०२१देखि २०२५) को पाँच वर्षे रणनीतिको सार्वजनिकीकरण गरेको छ ।

योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कँडेलले सोमबार एक कार्यक्रमकाबीच आगामी ५ वर्षभित्र खाद्य सुरक्षा तथा पोषणका सवालमा गरिने रणनीतिक सार्वजनिकीकरण गर्नुभएको हो ।

सार्वजनिकीकरणपछि उपाध्यक्ष प्रा.डा. कडेलले बहुक्षेत्रीय पोषण योजना–दोस्रो (२०७५/७६–२०७९/८०) को प्रगति समीक्षा गर्दै आगामी आर्थिक वर्षमा उक्त योजना अन्तर्गत सञ्चालन गरिने जानकारी गराउनुभएको थियो ।

रणनीतिको सार्वजनिकीकरण गर्दै उपाध्यक्ष कडेलले उक्त रणनीति नेपालले कार्यान्वयनमा ल्याइरहेको बहुक्षेत्रीय पोषण योजनाले प्राथमिकता दिएका विषय बस्तुहरुमा नै केन्द्रित भएकाले योजना कार्यान्वयन प्रक्रियामा थप तीव्रता ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा सोही अवसरमा आयोगका सचिव केवलप्रसाद भण्डारीले बहुक्षेत्रीय पोषण योजनाको कार्यान्वयनमा वित्तीय श्रोतको प्राप्ति र परिचालनमा सम्पूर्ण विकास र साझेदार निकायहरुको सक्रिय सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै, आयोगकी सदस्य डा. उषा झाले नेपाल पोषण सेवा विस्तार अभियानको सक्रिय सदस्य भएकाले योजनाको कार्यान्वयन मार्फत तेस्रो चरणको पाँचवर्षे राण्नीतिको कार्यान्वयन तर्फ लाग्न सबै सरोकारवालाहरुलाई अनुरोध गर्नुभयो । साथै रणनीतिको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय पोषण तथा खाद्य सुरक्षा सचिवालयको सुदृढीकरणमा सहयोग गर्नुपर्नेमा जोडदिनुभयो ।

विभिन्न तह र क्षेत्रबाट सञ्चालन गरिएको पोषण सम्बन्धी कार्यक्रम तथा सेवाहरुलाई विश्वव्यापी रुपमा विस्तार गरी विशेषगरी किशोरी, महिला तथा बालबालिकामा हुने सबै प्रकारका कुपोषणको अन्त्यका लागि संयुक्त राष्ट्रसंघको पहल र सदस्य राष्ट्रहरुको नेतृत्वको अवधारणामा संयुक्त राष्ट्रसंघीय पोषण सेवा विस्तार अभियान सन् २०१० बाट शुरु भएको हो । नेपाल सो अभियानमा सन् २०११ मे मा आवद्ध भएको हो ।

नेपालले बहुक्षेत्रीय पोषण योजना अन्तर्गत पोषण विशेष, संवेदनशील र समर्थ वातावरण बनाउने कार्यक्रमलाई अभियानको रुपमा अघि बढाएको छ । राष्ट्रिय योजना आयोगले नेतृत्व तथा स्वास्थ्य तथा जनसंख्या संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा तथा विज्ञान प्रविधि, खानेपानी, महिला तथा बालबालिका तथा जेष्ठ नागरिक, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय जस्ता विषयगत मन्त्रालयको संलग्नता र विकास साझेदार निकायहरुको सहयोगमा हाल बहुक्षेत्रीय पोषण योजना दोस्रो कार्यान्वयन भइरहेको छ ।

उक्त योजना दोस्रो कार्यान्वयन संघीय मामिला तथा सामान्य प्रशासन मार्फत ५८ जिल्लाका ५८९ स्थानीय तहमा पुगेको छ । स्वास्थ्य मन्त्रालय मार्फत संचालन भएका पोषण विशेष कार्यक्रमहरु भने देशैभरी विस्तार भएको छ ।

बहुक्षेत्रीय पोषण योजना दोस्रोको कार्यान्वयन प्रगतिको समिक्षाका साथै प्राथमिकताहरुलाई आगामी आर्थिक वर्षको योजना तर्जुमा गर्दा समेट्नुपर्ने विषयहरुका बारेमा छलफल गरिएको थियो । आगामी दिनमा उक्त योजनालाई थप सक्रियताका साथ कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइएको थियो ।

वि.सं.२०७७ चैत ३१ मंगलवार १०:५४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...