काठमाडौं । सरकारले भोलि पनि सार्वजनिक बिदा दिएको छ । सिरुवा–पावनी वर्षको अवसरमा बैशाख २ गते देशका विभिन्न पाँच जिल्लामा सार्वजनिक बिदा दिएको हो ।
गृह मन्त्रालयले एक सूचना निकाल्दै बिहीवार झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरी जिल्ला बिदा दिने जनाएको छ । उक्त दिन बिदा दिन सरकराले चैत ९ गते प्रकाशित नेपाल राजपत्रमा नै उल्लेख गरेको छ ।नयाँ वर्षको अवसरमा सरकारले आज पनि बिदा दिएको छ ।
वि.सं.२०७८ वैशाख १ बुधवार १४:५३ मा प्रकाशित