back
NMB ad

१ करोड राजस्व चुहावट गर्ने ओम सर्जिकलका सञ्चाल र भन्सार प्रतिनिधि विरुद्ध मुद्धा दायर

Kumari bank ad

काठमाडौ । राजस्व अनुुसन्धान विभागले काठमाडौ महानगरपालिका-११ त्रिपुरेश्वर स्थित ओम सर्जिकल कन्सर्न प्रा.लि.का संचालक तथा भन्सार प्रतिनिधि समेत चार जनाले कर छलेको भन्दै मुद्धा दायर गरेको छ ।

उनीहरुले राजस्व चुहावट गरेको अभियोगमा १ करोड ६ लाख ७२ हजार ९०९ रुपैयाँ विगो जफत एवं असुल गरी जरिवाना र कैद सजाय मागदावी लिई वैशाख २ गते (आज) उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

प्राप्त सवुद प्रमाणबाट ओम सर्जिकल कन्सर्न प्रा.लि.का संचालक दल बहादुर भण्डारी तथा भन्सार प्रतिनिधि रामबाबु जमकटेलले आपसी मिलेमतोमा न्यूनतम मूल्यको गलत कागजात तयार गरी सोही बमोजिम वास्तविक भन्दा फरक मालवस्तु भन्सार घोषणा गरेको पाइएको छ ।

उनीहरुलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ (छ१) बमोजिम बिगो कायम गरी उक्त फर्मका संचालक तथा भन्सार प्रतिनिधिलाई उल्लिखित कसूर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ पहिलो संशोधन–२०७६को दफा २३ (१), २३ (१) को खण्ड (ख), २३ (२) र २३ (४) वमोजिम विगो रकम जफत एवं असुल उपर गरी जरिवाना र कैद सजाय हुन मागदावी उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरेको विभागले जनाएको छ ।

 

वि.सं.२०७८ वैशाख २ बिहीवार १८:५६ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...