back
NMB ad

कीर्तिपुर नगरपालिकामा तीन सहकारी एकीकरण

Kumari bank ad

काठमाडौं । कीर्तिपुर नगरपालिकामा पहिलो पटक तिनवटा सहकारी एकिकरण गरिएको छ ।

कीर्तिपुर नगरपालिका ९ स्थित दर्शन बचत तथा ऋण सहकारी संस्था, काठमाडौं महानगरपालिका १७ को सोनित्य बचत तथा ऋण सहकारी संस्था र काठमाडौं महानगरपालिका १७ अनामनगर अवस्थित आदिवासि जनजाति महिला बचत तथा ऋण सहकारी संस्थाबीच सुरु भएको एकीकरण प्रकृया सम्पन्न भएको छ ।

बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सहकारी महाशाखाबाट वैशाख ९ गते उक्त एकीकरण प्रकृया स्विकृत भएसगै एकीकरण प्रकृया सम्पन भएको हो ।

यी तीनै संस्थाबीच गठन भएको एकीकरण कार्यदलहरुकाबीच पटक/पटक बसेको बैठक तथा छलफल एवं सम्पन्न तीन वटै संस्थाको पछिल्लो साधारण सभा तथा एकिकृत साधारण सभाबाट तीन संस्थाविच एकीकरण गर्ने निर्णय भएको थियो ।

बागमती प्रदेश सहकारी ऐन २०७६ र प्रदेश सहकारी नियमावली २०७६ बमोजिम एकीकरणका शर्त तथा कार्यविधिहरु पारित भएको हो ।

कीर्तिपुर न.पा. ९ नगाँउमा आफ्नै भवनमा सेवा प्रदान गर्दै आएको यस संस्थाले काठमाडौं–१७ खुसिबुँ ,काठमाडौ आदिबासी जनजाति महिला साकोस रहेको स्थानमा र चन्द्रागिरि न.पा मा आफ्नो सेवा केन्द्र सञ्चालन हुने र अन्य केही स्थानहरुमा पनि चाँडै नै शाखा बिस्तार हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत सुवर्ण महर्जनले बताए ।

संस्थाको एकिकृत साधारण सभाबाट दिनेश दर्शनधारीको अध्यक्षतामा ७ सदस्यीय नयाँ संचालक समिति पनि गठन भएको छ । जसमा उपाध्यक्षमा तारा तुलधर सचिवमा यशोदा राई कोषाध्यक्षमा जेनु महर्जन ,सदस्यमा शान्ति कुमारी राई ,दिपक नेपाली र जेनिस महर्जन सर्वसम्मत निर्वाचित भएका थिए।

त्यसै गरी सल्लाहकारमा रिता श्रेष्ठ, शिब श्रेष्ठ, बुध्दि बहादुर महर्जन ,नजरराम महर्जन, बुध्दि बहादुर माली, छवि लाल जोशी ,बछला दर्शनधारी , बुध्दि बहादुर महर्जन–२, नजराम महर्जन–२ मनोनित हुनु भयो।

वि.सं.२०७८ वैशाख १० शुक्रवार १८:३३ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...