काठमाडौं । आइतबार सेयर बजार ७५.७९ अंकले घटेको छ । बजार घट्दा पनि विभिन्न ६ कम्पनीका लगानीकर्ताले भने कमाएका छन् ।
आज महिला लघुवित्त वित्तीय संस्था र विशाल बजार कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । आज महिला लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशत र विशाल बजार कम्पनीको ९.९७ प्रतिशतले बढेको छ । सेयर मूल्यमा उछाल संगै महिला लघुवित्तको प्रतिकित्ता २ हजार १३६ रुपैयाँ र विशाल बजारको प्रतिकित्ता ३ हजार ४८४ रुपैयाँ पुगेको छ ।
यी दुई कम्पनीसहित कालिका पावर, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, गुड वील फाइनान्स र एनएमबि हाइव्रिड फण्डका लगानीकर्ता कमाएका छन्। यी आधा दर्जन कम्पनी बाहेक अन्य सबै कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
वि.सं.२०७८ वैशाख १२ आइतवार १५:१९ मा प्रकाशित