back
NMB ad

‘कमोडेटी एक्सेचेन्ज मार्केट’का लागि निर्देशिकाको मस्यौदा तयार, धितोपत्र बोर्डले माग्यो सुझाव

Kumari bank ad

काठमाडौं। नेपाल धितोपत्र बोर्डले वस्तु विनिमयद बजार (कमोडेटी एक्सचेन्ज मार्केट) सञ्चालन गर्न अनुमति प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्था सम्बन्धी निर्देशिकाको मस्यौदा तयार गरेको छ ।

बोर्डले शुक्रबार उक्त मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाबाट सुझाव पनि माग गरेको छ । सरोकारवालाबाट सुझाव प्राप्त भएपछि मस्यौदालाई अन्तिम रुप दिएर निर्देशिका कार्यान्वयन गरिने बोर्डको भनाइ छ । त्यसपछि बोर्डमा आवेदन दिएका प्रस्तावित कम्पनीहरुलाई सञ्चालनको अनुमति दिन सकिने छ ।

निर्देशिकाको मस्यौदा मार्फत त्यस्ता कम्पनीको न्यूनतम चुक्तापुँजी १ अर्बदेखि २ अर्ब रुपैयाँसम्मको हुनुपर्ने बताएको छ । चुक्तापुँजीअनुसार कम्पनीहरुले तोकिएको वस्तु मात्र खरिद बिक्री गर्न पाउने छन् ।

यस्तै, त्यस्ता कम्पनीमा विदेशी रणनीतिक साझेदार वा प्राविधिक सहयोग गर्ने संस्थाका लागि कुल चुक्तापुँजीको कम्तीमा ५ देखि बढीमा ५१ प्रतिशतसम्म अनिवार्य रुपमा सेयर लगानी हुने गरि प्रस्ताव पेश गर्नुपर्ने छ ।

साथै, बस्तु विनिमय सञ्चालनका लागि प्रस्तावकले न्यूनतम ५१ प्रतिशत र बढीमा शत प्रतिशत सेयर लगानी गर्ने गरि प्रस्ताव पेश गर्नुपर्ने छ । यस्तै, बोर्डबाट अनुमति पाउने कम्पनीले २५ लाख रुपैयाँ शुल्क तोक्नुपर्ने बताइएको छ ।

मस्यौदा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

वि.सं.२०७८ वैशाख १७ शुक्रवार १८:२४ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...