काठमाडौं । युनाईटेड फाइनान्स लिमिटेडको सेयर कारोबार रोक्का भएको छ । नबिल बैंकसंग प्राप्ति(एक्विजिशन) गर्ने भएपछि कम्पनीको सेयर आजदेखि रोक्का गरिएको नेप्सेले जनाएको छ ।
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने(मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्वन्धि विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम कम्पनीको सेयर कारोबार रोक्का गरिएको सूचनामा उल्लेख छ ।
वि.सं.२०७८ वैशाख १९ आइतवार ११:३१ मा प्रकाशित