back
NMB ad

कोरोना लागे, स्वास्थ्य सम्बन्धि समस्या आएमा मलाई, उपमेयरसहित जनप्रतिनिधिलाई सम्पर्क गर्नोस् : मेयर शाक्य

Kumari bank ad

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सरकारले जारी गरेका स्वास्थ्य मापदण्डलाई नागरिक दायित्व ठानेर पालना गर्न आग्रह गर्नुभएको छ ।

‘अदृश्य शक्तिसँग लड्न सजिलो छैन । विषम परिस्थितिलाई विवेक, धैर्यता र संयमताजस्ता गुणबाट परास्त गर्न सकिन्छ’ शाक्यले महानगरबासीका नाममा गरेको अपिलमा भनिएको छ, ‘महामारीसँग सम्बन्धित कुनै समस्या परे आफूलाई उपमेयरलाई वा आफू नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्नुहोला । सम्भावित जोखिम र अप्ठ्यारो परिस्थिति सामना गर्न हाम्रा तयारीहरुलाई निरन्तरता दिइरहेका छौँ ।’

विश्वभरि द्रुत गतिमा फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड-१९ काठमाडौँमा पनि फैलिइरहेको छ । संघीय राजधानी काठमाडौँ महानगरपालिकामा देशभरिकै नागरिकहरू विभिन्न पेशा व्यवसाय अंगालेर बसिरहेका छन् । विदेशी नागरिकहरूकोसमेत आवतजावत हुने मुख्य केन्द्र रहेका कारणले समेत विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ को संक्रमण यहाँ पनि द्रुत गतिमा फैलिन सक्ने खतरालाई मध्यनजर गरी सबैले सजगता अपनाउनु पर्ने आवश्यकता रहेको छ ।

‘संक्रमण देखिनुभन्दा अघि नै हामी सबै नागरिकले सजगता अपनाउने हो भने धेरै हदसम्म यो महामारीलाई न्यूनीकरण गर्न सकिन्छ । उक्त संक्रमण बढी भीडभाड हुने ठाउँमा छिटो फैलिने भएकाले संघीय सरकारले जारी गरेको सूचनालाई आधार मानी सकेसम्म बढी सचेतना अपनाउन तथा स्वास्थ्य सम्बन्धी तोकिएको मापदण्ड परिपालन गर्न गराउनु हुन हार्दिक अपिल गर्दछु ।’

उहाँले सार्वजनिक ठाउँमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै भाइरस सर्ने भएकोले अहिलेका लागि धार्मिक स्थलहरूमा गएर भीड गर्नुभन्दा आफ्नो आस्थाअनुरुप घरमै बसेर नित्य पूजा गर्न सबैमा अपिल गर्नुभएको छ ।

उहाँले अपिलमा पूजाआजा, सामाजिक कार्यक्रम, भोज जस्ता संस्कारजन्य कार्यक्रम पनि भीडभाडका साथ नमनाइदिन अनुरोध गर्नुभएको छ । दोस्रो लहरको रुपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सबैले आ–आफ्नो स्थानबाट दायित्व निर्वाह गर्ने हो भने छिटै नै महामारीमाथि विजय पाउन सकिने उल्लेख गर्दै प्रमुख शाक्यले सानातिना लापर्वाहले ठूला समस्या आउनेतर्फ सचेत बनेर सबैले दायित्व गर्नुपर्नेमा जोड दिनुभएको छ ।

महानगरवासीहरुमा कुनै स्वास्थ्य सम्बन्धि समस्या आएमा वा कोरोना बाहेकका बिरामीले उपचारका लागि अस्पताल जानु पर्ने भएका हटलाइन टेलिफोन नं. ११८० मोवाईल नं. ९८४९८५६६७२, ९८४९६०५४७ र ९८४९८५६६७१ मा तथा कोभिडका बिरामीले अस्पताल जानु पर्ने भएमा निःशुल्क एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गर्न प्रमुख शाक्यको आग्रह रहेको छ ।

भीड नगर्ने, सकेसम्म बाहिर ननिस्कने, निस्कनै परे अनिवार्य मास्क प्रयोग गर्ने, नियमित हात धुने, हात धुने अवस्था नरहे स्यानिटाइजरको प्रयोग गर्नेजस्ता सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्नु नागरिक दायित्व हो भन्दै प्रमुख शाक्यले अपिलमा निषेध आदेशलाई आफ्नै सुरक्षाका लागि हो भन्ने ठानेर पालना गर्न अनुरोध गर्नुभएको छ ।

वि.सं.२०७८ वैशाख १९ आइतवार १३:४५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...