back
NMB ad

४०% ले बढ्यो प्रुडेन्सियल इन्स्योरेन्सको नाफा : ४२ करोड बढी भुक्तानी हुन बाँकी, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले तेस्रो त्रैमाससम्म १२ करोड ७३ लाख ११ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ४०.४९ प्रतिशतले बढी हो ।गत वर्षको सोही अवधिका कम्पनीले ९ करोड ६ लाख १३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको चुक्तपूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोष रकम २६ करोड १४ लाख ५१ हजार रुपैया रहेको छ । बीमा कोष रकम ६० करोड ५ लाख ८६ हजार, महाविपत्ती जगेडामा ५ करोड ४६ लाख १४ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले चालु आवको चैतमसान्तसम्म १ अर्ब ५ करोड ६८ लाख ७५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा ८२ करोड ५५ लाख ८५ हजार रुपैयाँ शुल्क आर्जन गरेको थियो ।

तेस्रो त्रैमाससम्म कम्पनीले ४८ करोड ४५ लाख ५९ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । कम्पनीको भुक्तानी हुन बाँकी रकम ४२ करोड ३३ लाख ३७ हजार रुपैयाँ देखिएको छ । यो संख्यामा भने २ हजार ५५१ रहेको छ ।

गत वर्ष ८९ हजार ५४ बीमालेख जारी गरेको कम्पनीले यस वर्ष १ लाख २७ हजार ४७३ बीमालेख जारी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ ३० पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख २४ शुक्रवार ११:२१ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...