back
NMB Ad

तीन चरणमा कायान्वयन गरिँदै नागरिक एप, ६ महिनाभित्र थप ८० वटा नयाँ सेवा थपिने

काठमाडौं । आइसिटी डे २०२१ को दिन फुल भर्सनका रुपमा सार्वजनिक भएको नागरिक एपमा ६ महिनाभित्र थप ८० वटा नयाँ सेवा थप हुने भएका छन् ।

प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलीका अनुसार ६ महिना भित्र अधिकांश सरकारी भुक्तानी यही एपबाट गर्न लागिएको बताउनुभयो । शनिबार भएको दोस्रो चरणको डिजिटल संवाद कार्यक्रममा बोल्दै अलीले विभिन्न तीन चरणमा नागरिक एपमा सेवा सुविधाहरु थप गर्दै जाने बताउनुभयो ।

केही समयमा नै बागमती प्रदेश अन्तर्गत यातायातको कर तिर्ने व्यवस्था सुरु गर्न लागेको जानकारी दिदै उहाँले खानेपानीदेखि चौमासिक, अर्थ वार्षिक, वार्षिक कर दिर्ने र अन्य सरकारी सेवाहरु लिने सबै सुविधा यसै एप मार्फत उपलब्ध गराउन लागेको पनि बताउनुभयो ।

त्यस्तै, विद्यार्थीको सुविधाको लागि त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्व विद्यालय पनि यस एपमा चाडै नै जोडिन लागेको उहाँले जानकारी गराउनुभयो ।

तीन महिनामा नेपालमा पहिलोपटक बिना कुनै कागजात १० हजार जनाले प्यान नम्बर लिएर यसको सफल उदाहरण पेश भएको भन्दै अहिले नागरिक एपबाट बैंक खाता खोल्ने व्यवस्था पनि गरिएको जानकारी दिनुभयो ।

‘नागकिर एपमा यी दुई कुरा सफलताका उदाहरण हुन,’ उहाँले भन्नुभयो, ‘यही सफलतालाई आधार मानेर थप सुविधाहरु थपिदै छ ।’

सुविधा थप्दै, डेटा क्लिन गर्दै कार्यान्वयन गर्दै जाने यसको लागि तीन चरणमा काम हुने उहाँले बताउनुभयो । पहिलो चरणमा डाटा क्लिन गर्ने, दोस्रो चरणमा इन्टिग्रेसन र तेस्रो चरणमा पूर्ण कार्यान्वयन हुने बताउनुभयो । नागरिक एप बनाउन सुरुदेखि काम गरिरहेका अलीले यो एप बनाउन नेपाल सरकारको एक रुपैया पनि खर्च नभएको बताउनुभयो ।

त्यस्तै, संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव तथा आइटी महाशाखा प्रमुख अनिल दत्तले मन्त्रालयले नागरिक एपलाई डिजिटल नेपालसँगै जोडेर प्राथमिकताको साथ आगाडि बढाइरहेको बताउनुभयो । उहाँले नागरिक एपको निर्देशिका पारित हुने क्रममा रहेको पनि जानकारी गराउनुभयो ।

त्यस्तै, एपको सुरक्षाको लागि अडिट र हरेक सेवा थप्दा सेक्युरिटी परीक्षण गरिरहेको बताउनुभयो । डेटा क्लिनको लागि गृह मन्त्रालयमा सिस्टम विकास भएको र त्यसमा सुधारको काम भइरहेको बताउनुभयो ।‘भविश्यमा नेशनल आइडी कार्डमा जोडिन्े तयारी छ । यसले गर्दा डेटाको समस्या नहुने र प्रमाणिकरण सहज हुनेछ,’ उहाँले भन्नुभयो ।

क्यान महासंघका अध्यक्ष नवराज कुँवरले नागरिक एप कार्यान्वयनमा मुख्य तीन कुरामा ध्यान दिनु पर्ने बताउनुभएको छ । पहिलो सूचना तथा सञ्चार प्रविधिको पूर्वाधार ग्रामिण भेगसम्म पुग्नु पर्ने बताउनुभयो । अहिले इन्टरनेट र स्मार्टफोन भएकालाई मात्र नभएर पहुच नभएकालाई पनि सेवा दिनुपर्ने उहाँको धारणा थियो ।

दोश्रो, नागरिक एप र अन्य सेवासँगै डिजिटल साक्षरतालाई अगाडि बढाउनुपर्नेमा जोडदिनुभयो । यसको लागि क्यान महासंघले सहकार्य गर्न तयार रहेको र सरकारले जिनी क्षेत्रसँग सहकार्य गरेर काम गर्नु पर्ने बताउनुभयो ।

त्यस्तै, उहाँले दक्ष जनशक्तीको आवश्यकतालाई औल्याउनुभयो । सरकारी कर्मचारी प्रविधिमैत्री हुन नसकेको भन्दै त्यस तर्फ पनि ध्यान दिनु पर्ने बताउनुभयो ।

युवा प्रतिनिधी सेलिसा क्षेत्री नागरिक एप आफूले सोचेभन्दा धेरै राम्रो पाएको बताउनुभयो । राम्रो हुदाहुदै पनि यसमा धेरै जनाको गुनासो रहेको भन्दै त्यो सम्बोधन गर्न राम्रो समन्वय गर्नुपर्नेमा उहाँले जोडदिनुभयो । ‘गुनासो सम्बोधन यति दिनमा हुन्छ भनेर तोकिदिनु पर्छ,’ उहाँले भन्नुयभयो, ‘त्यसरी आएका समस्या समाधान गर्दै जाने हो भने यसको प्रभावकारिता धेरै हुन्छ ।’ सरकारी सेवाहरु लिदा लामो लाइन बस्नुपर्ने बाध्यता रहेको र अन्य डकुमेन्टका समस्याहरु भएको अवस्थामा यसको समाधानमा एपले ठूलो सहयोग हुनेमा वक्ताहरुको जोड थियो ।

कार्यक्रमलाई संवोधन गर्दै पूर्वमन्त्री गणेश शाहले नागरिक एप डिजिटल नेपालको लागि एक महत्वपुर्ण प्लाटफर्मको रुपमा विकास भइरहको हुदा सरकारले उच्च प्राथमिकतामा राख्दै काम गर्नुपर्ने बताउनुभयो । जनताले यसबाट लाभ लिन सक्नुपर्छ अनिमात्र नतिजा देखिने शाहको भनाई थियो ।

कार्यक्रममा सहभागिले नागरिक एपको प्राविधिक पक्ष, डेटा सुरक्षा र नागरिकता न.बाट तथ्यांक उपलब्ध नभएको गुनासो गरेका थिए । सरकारले मेहनत र चुनौतीका साँथ ल्याइएको यस एप्लिकेशनको सहि प्रयोग दुरदराजसम्म पुर्याउन आवश्यक रहेको र सरकार तथा कर्मचारी परिवर्तनसँगै यसको कार्यान्वयन रोकिनु नहुने कार्यक्रममा सहभागिले सरोकारवालाको ध्यानाकर्षण गराएका थिए ।

डिजिटल संवाद सुचना प्रविधिको क्षेत्रमा वृहत वहस सञ्चालन गर्ने उदेश्यले गतवर्षको लकडाउनदेखि सुरु भएको कार्यक्रम हो । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा. मनिष पोखरेल, जापानबाट आइटी विज्ञ वेद काफ्ले, डा. राज कुमार भट्टराई, विष्णुराज उप्रेती, विप्लवमान सिंह, सुनिल खड्का, रामलक्ष्मण लगायतले नागरिक एपका बारेमा सुझावहरु दिएका थिए ।
नागरिक एप नेपाल सरकारले प्रविधिमार्फत हातहातमै सरकारी सेवा दिने उदेश्य सहित सुरु गरेको एप्लिकेशन हो । एपको वेटा भर्सन केहि महिनाअघि सार्वजनिक भएपनि गत बैशाख १९ गते प्रधानमन्त्रीले यसको फुल भर्सन सार्वजनिक गरेका थिए । जनताले सेवा लिने केन्दि«य, प्रदेशसँगै स्थानिय निकायका ९० प्रतिशत कामहरु एपमार्फत नै उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

अबको ३ वर्षमा एपमा अधिकांश सुविधाहरु उपलब्ध हुनेगरी काम भइरहेको सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले जनाएको छ । राष्ट्रिय सुचना प्रविधि केन्द«मा होस्ट गरिएको एप्लिकेशन सञ्चालनमा अहिले एक दर्जन बढि जनशत्ती कार्यरत रहेका छन । निर्देशिका पारित भएसँगै ४० बढि जनशत्ती तयार गरि २४ घन्टा सेवा दिने मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७८ वैशाख २६ आइतवार १२:५८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा वृद्धि, कारोबार रकम बढ्दा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा वृद्धि, कारोबार रकम बढ्दा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८२ वैशाख १४ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ वैशाख १४ आइतवार १५:०४

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप : १५ भन्दा बढी घाइते

बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप : १५ भन्दा बढी घाइते

वि.सं.२०८२ वैशाख १४ आइतवार १३:३१

 काठमाडौं। शिक्षक आन्दोलन २६ औं दिनमा आइपुग्दा काठमाडौंको नयाँ बानेश्वर...

मातातीर्थमा बिहानैदेखि दर्शन गर्ने भक्तजनको घुइँचो   

मातातीर्थमा बिहानैदेखि दर्शन गर्ने भक्तजनको घुइँचो   

वि.सं.२०८२ वैशाख १४ आइतवार १३:२२

काठमाडौँ : काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान...

पाँच अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी   

पाँच अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी   

वि.सं.२०८२ वैशाख १४ आइतवार १३:१२

काठमाडौँ : चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने...

इरानको विशाल बन्दरगाहमा विस्फोट, १८ जनाको मृत्यु, आगलागी जारी   

इरानको विशाल बन्दरगाहमा विस्फोट, १८ जनाको मृत्यु, आगलागी जारी   

वि.सं.२०८२ वैशाख १४ आइतवार १३:०३

तेहरान :  इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा भएको विशाल विस्फोटपछि...