back
NMB ad

सत्यलाई स्वीकार्ने हो भने यो सरकारलाई सहयोग गर्नु, संविधान संशोधन हुन्छः प्रम ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकताका आधारमा, कार्यान्वयनका आधारमा परिवर्तनको आवश्यकताको आधारमा संविधान संशोधन गर्न सकिने र गर्नु पर्ने बताउनु भएको छ ।

उहाँले यसको लागि सबैसँग छलफल गर्न तयार रहेको र त्यसको लागि मस्यौदा तयार पार्न कार्यदल बनाउन सकिने बताउनुभयो । उहाँले आवश्यकताको आधारमा संविधान संशोधन गर्न सकिने समेत बताउनु भयो । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्र्दै ओलीले सरकारको पक्षमा सबैलाई सहयोग गर्न आग्रह गर्नु भएको छ ।

सरकारको पक्षमा सहयोग गर्न आग्रह गर्नु भएको हो । उहाँले कोरोना पराजित गर्न समेत सबैलाई आग्रह गर्नु भएको छ । कोरोनाको महामारीको समयमा देश, जनताले देख्ने गरी लाग्नु पर्ने समयमा त्यसरी लाग्न नसकेको बताउनु भयो । यति बेला जे कुरामा केन्द्रित हुनुपर्ने हो त्यो हुन सकेन । सरकार कोरोना रोक्न, अर्थतन्त्रमा असर न्यून पार्न लाग्यो, विकास निर्माणमा लाग्यो यो बेला सरकारलाई असहयोग भयो ।

भ्याक्सिनको अभाव छ । यो पाउन मारामार हुँदा भारत पछि नेपाल नै हो यसको सुरु गर्ने । अहिले ८६ ठाँउमा पिसीआर चेक भइरहेको  जानकारी गराउनु भयाे । पहिलो चरणको कोरोना न्यून भएपनि दोस्रो चरणको कोरोनालाई परास्त गर्न खोजेको समरण गराउनु भयो । अक्सिजन उत्पादन गर्ने, भ्याक्सीन मगाउने, सिलिन्डर मगाउने काम सरकारले गरिरहेको छ । यो महामारीको बेला कसैले भ्रष्टाचार गर्छ भनेर कारबाही हुन्छ । कोरोनाको महामारीको समयमा सदनको मलाई विश्वास छ भन्ने ठानेको समेत स्मरण गराउनुभयो ।

यो सरकार कुनै हिसाबले विश्वास गर्न नपर्ने सरकार भएको भन्दै उहाँले राष्ट्रियता, राष्ट्रिय हितको, सम्बद्र्धनको पक्षमा, भौगोलिक अखण्डताको पक्षमा, राष्ट्रिय हितलाई सर्वोपरी राखेर काम गर्न सरकारले कुनै कसर बाँकी नराखेको जानकारी गराउनु भयो ।
सरकारले गरेको काम आफै बोल्ने र बोलिरहेको भन्दै उहाँले यस्तो सरकारलाई विश्साव गर्न नपर्ने कुनै कारण नभएको बताउनु भयो ।

अरुले समस्या मात्रै देखाएको र यो सरकारले समास्या समाधानको बाटोमा हिडेको समेत जानकारी गराउनु भयो । उहाँले सबैलाई सत्यलाई स्वीकार्ने हो भने यो सरकारलाई सहयोग गर्न आग्रह गर्नु भएको छ ।

वि.सं.२०७८ वैशाख २७ सोमवार १३:५९ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...