back
NMB ad

सानिमा जनरलको पुसमै सक्नुपर्ने साधारणसभा वैशाखमा स्थगन, बीमा समिति बाधक !

Kumari bank ad

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले कोरोनाको कारण देखाउँदै तेस्रो वार्षिक साधारणसभा स्थगित गरेको छ ।

यसअघि जेठ ११ गतेको लागि बोलाएको साधारणसभा कोरोनाका कारण स्थगित भएको कम्पनीका नायब महा प्रबन्धक तथा सूचना अधिकारी प्रविण कुमार कोइरालाले बताउनु भयो ।

२९ गते बसेको कम्पनीको ९० औं बैठकको निर्णय अनुसार कोरोना महामारी फैलिएको र यो बेला सरकारले सबै प्रकारका सभा सम्मेलन, गोष्ठि, तालिम, सेमिनार, पार्टी प्यालेस बन्द गर्न दिएको निर्देशनसँगै साधारणसभा पनि स्थगन गरेको छ ।

उहाँका अनुसार वैशाख २८ गतेसम्म कायम रहेका सेयरधनीहरुलाई सभामा भाग लिन तथा मतदान गर्न सक्ने अधिकारलाई यथावत राखी सभा स्थगत गरेको जनाएको छ । कम्पनीले २९ गतेबाट बुक क्लोजको सूचना जारी गरेको थियो ।

साधारणसभाले सेयरधनीहरुको तर्फबाट दुई जना सञ्चालन निर्वाचन गर्नुपर्ने भएका कारण भर्चुअल रुपमा साधारणसभा गर्न सम्भव नभएको कोइरालाको भनाइ छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि कम्पनीले वैशाख २९ गतेदेखि सुरु गरेको बुक क्लोजको अवधि यथावत राख्ने सूचनामा उल्लेख छ ।

हरेक सूचीकृत कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिना अर्थात पुस मसान्तसम्म साधारणसभा सक्नुपर्ने छ । तर कयौं कम्पनीले साधारणसभा गरेका छैनन् । उनीहरुलाई अहिले कोरोनाको बाहना देखाएर साधारणसभा नगर्न सजिलो बनेको छ ।

कोइरालाका अनुुसार कोरोनाका कारण बीमा समितिले समयमा नै अनुमति नदिएका कारण सधारणसभा गर्न समय लागेको हो ।
कर्मचारीलाई कोरोना लाग्ने लगायतका कारण देखाएर समयमा नै काम नसकिएको कारण साधारणसभा गर्न समय लागेको हो ।

कम्पनीले समयमा नै आवश्यक कागजात बीमा समितिमा पेश गरेको उहाँको दाबी छ । समितिले समयमा नै आफ्नो काम सकेको थियो भने साधारणसभा यसअघि नै सकिने बताइएको छ ।

वि.सं.२०७८ वैशाख ३० बिहीवार ११:२६ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...