back
NMB ad

हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच ‘महा मर्जर’ सम्झौता, लगानीकर्तालाई राम्रो प्रतिफल दिने प्रतिबद्धता

Kumari bank ad

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक आपसमा मर्जरमा जानको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
बिहीबार दुवै बैंकका अध्यक्ष समक्षदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

नेपालको वित्तिय क्षेत्रलाइ सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर-एक्वीजिसन नीतिको अनुसरण गर्दै नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकबीच एक आपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडे तथा हिमालयन बैंकका अध्यक्ष तुलसी प्रसाद गौतले हस्ताक्षर गर्नु भएको छ । यो सँगै मर्जरको लागि औपचारिक रुपमा शुभारम्भ भएको छ ।

एकआपसमा गाभिए पछि वित्तीय क्षेत्रमा थप उर्जा प्रदान गरी देश कै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नुका साथै यसले राष्ट्र बैंकको नीतिलाई समेत थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरको लागि प्रेरित गर्ने देखिएको छ ।

मजर पछि बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड हुने छ भने संचालक समितिको अध्यक्षको रूपमा पृथ्वी बहादुर पांडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोक शमसेर राणा हुनुहुनेछ ।

त्यसैगरी मर्जरपछि बन्ने बैंकको संचालक समितिमा बैंकको तर्फबाट ३-३ जना संचालक नियुक्त हुने र नयाँ संचालक समितिले सचालकको नियुक्त गरी जम्मा ७ जनाको संचालक समिति हुनेछ । मर्जरपछि सबैभन्दा सबल र ठूलो बैक हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक बन्ने छ । बैंकले आगामी दिनमा लगानीकर्तालाई राम्रो प्रतिफल दिने बताइएको छ ।

वि.सं.२०७८ वैशाख ३० बिहीवार १६:२६ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...