back
NMB ad

जलविद्युत कम्पनीको वित्तीय अवस्था मिश्रीत, केही कम्पनीको प्रतिसेयर आम्दानी नै ऋणात्मक

Kumari bank ad

काठमाडौं । पछिल्लो समयमा विभिन्न कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरिरहेका छन् ।
उक्त वित्तीय अवस्था अनुसार जलविद्युत कम्पनीहरुको नाफा मिश्रीत खालको देखिएको छ ।

खोलामा पानीको बहाब घटेका कारण कम्पनीहरुको नाफामा भने उल्लेख्य प्रगति देखिन सकिएको छैन । विद्युत बिक्रीबाट हुने आम्दानीमा पनि ह्रास नै देखिएको छ । कतिपय कम्पनीको नाफा तथा विद्युत बिक्रीबाट हुने आम्दानी पनि निकै बढेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आईपुग्दा कालिका पावरले ६ करोड २१ लाख ५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३४.२७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ४ करोड ६२ लाख ५३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस्तै चैत मसान्तसम्म आईपुग्दा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानीमा सुधार देखिएको छ । यो अवधिमा कम्पनीले विद्युत बेचेर गर्ने नाफा ४.६७ प्रतिशतले बढाएर १४ करोड ५६ लाख ३० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा १३ करोड ९१ लाख २५ हजार रुपैयाँ रहेको थियो ।

विद्युत बिक्रीबाट आम्दाबी बढेपनि अन्य स्रोतबाट हुने आम्दानी २ लाख ७६ हजार रुपैयाँबाट घटेर १ लाख ६८ हजार रुपैयाँ मात्रै रहेको छ । ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १२ करोड ४८ लाख ८५ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी वार्षिक १३ रुपैयाँ ८० पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ८१ पैसा रहेको छ ।

यस्तै युनाइटेड मोदी हाइड्रोपावरको पनि नाफा ३०.५९ प्रतिशतले बढेको छ । गत आवको तेस्रो त्रैमासमा ४ करोड ४ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा ५ करोड २७ लाख ६५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

कम्पनीले यो अवधिमा २२ करोड ६३ लाख ५१ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आवमा २३ करोड ५२ लाख २१ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी रहेको थियो । यो अवधिमा सञ्चालन आम्दानी घटेको छ ।

१ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको र जगेडा कोषमा ६ करोड ५७ लाख ८७ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ७२ पैसा रहेको छ ।

यता पञ्चकन्या माई हाइड्रोपावर चालु आर्थिक वर्षको नौ महिनासम्ममा २१ करोड १४ लाख रुपैयाँ नोक्सानमा रहेको छ । यो अवधिमा आइपुग्दा कम्पनीको नोक्सान झनै बढेको छ । गत आवको सोही अवधिमा कम्पनीको नोक्सान १६ करोड ३६ लाख रुपैयाँ भन्दा बढी रहेको थियो । विद्युत् बिक्रीबाट हुने आम्दानी गत आवको तुलनामा १७ करोड ६७ लाख रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा आइपुग्दा १५ करोड ५० लाख रुपैयाँ मात्रै रहेको छ ।

१ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष २१ करोड १४ लाख रुपैयाँले ऋणात्मक रहेको छ । प्रतिसेयर १ रुपैयाँ ११ पैसा नोक्सानमा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ८० रुपैयाँ ७८ पैसा रहेको छ ।

चालु आर्थिक वर्षको नौ महिनामा आईपुग्दा युनिभर्सल पावर कम्पनीको नाफा ५६.५७ प्रतिशतले घटेर १ करोड ८४ लाख रुपैयाँ रहेको छ । गत आवाको सोही अवधिमा ४ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि घटेको छ । गत आजको तेस्रो त्रैमासमा ६ करोड २० लाख रुपैयाँ अन्य स्रोतबाट आम्दानी भएकोमा चालु आवको सोही अवधिमा २ करोड ८१ लाख रुपैयाँ मात्रै रहेको छ ।

२ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ११ करोड ९२ लाख रुपैयाँ रहेको छ । १ रुपैयाँ १७ पैसा प्रतिसेयर आम्दानी रहेको कम्पीको प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ६८ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार १५:२० मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:१८

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस...

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:११

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी...

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:०५

चैनपुर (बझाङ) १६ वैशाखः बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...