काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका भित्र भेन्टिलेटर, आइसोलेसन बेड र आइसीयू बेडको अभाव नरहेको जानकारी गराएको छ ।
मन्त्रालयले भेन्टिलेटर ६९, आइसोलेसन बेड ७५० र २२१ वटा आइसीयू बेड खाली रहेको जानकारी गराएको छ ।
बिरामीले आईसीयू र भेन्टिलेटर नपाएको गुनासो बढेसँगै सरकारले भने काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न १९ वटा अस्पतालमा भेन्टिलेटर ६९, आइसोलेसन बेड ७५० र २२१ वटा आइसीयू बेड खाली रहेको जानकारी गराएको हो ।
वि.सं.२०७८ जेठ ४ मंगलवार १०:४१ मा प्रकाशित