back
NMB ad

मौद्रिक नीतिको तेस्रो समिक्षाले उद्योग व्यवसायलाई राहत मिल्योः परिसंघ

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेश्रो त्रैमासिक समिक्षालाई स्वागत गरेको छ । समिक्षामा केही प्रावधानहरु हेरफेर गरेको र त्यसले मुलुकको स्वास्थ्य सेवामा सकारात्मक असर पुग्ने परिसंघले जनाएको छ ।

कोभिड–१९ ले उद्योग तथा व्यवसाय क्षेत्रमा श्रृजित समस्यालाई न्युनिकरण गर्न निषेधाज्ञाको अवधिभर कर्जा असुलीमा कुनै शुल्क वा जरिवाना लिन नपाउने व्यवस्था गरेको छ भने निषेधाज्ञा समाप्त भएको एक महिनासम्म कुनैपनि प्रकारको असुली वा लिलामी सम्बन्धि सुचना प्रकाशन गर्न नपाई व्यवस्था गरेको छ । यो प्रावधानले समस्यामा रहेका उद्योग तथा व्यवसायलाई सहज हुने परिसंघको बुझाई रहेको छ ।

राष्ट्र बैंकले स्वास्थ्य सेवा प्रदायक तथा उद्योगहरुले अक्सिजन प्लान्ट स्थापना गर्न चाहेमा आधार दरमै कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएको छ ।
साथै लिक्विड अक्सिजन प्लान्ट स्थापनागर्न ५० करोड तथा अक्सिजन प्लान्ट स्थापना गर्न २० करोडको विशेष पुनरकर्जाको समेत व्यवस्था गरेको छ । यस्तो कर्जा एक वर्षका लागि प्रवाह हुने समेत बैंकले जनाएको छ । यस प्रकारको प्रोत्साहनले अक्सिजन उपलब्धताको दिर्घकालीन व्यस्थापन गर्न सहयोग पुग्ने परिसंघले जनाएको छ ।

निषेधाज्ञाको समयमा कर्जाको किस्ता तथा व्याज भुक्तानी गर्ने ग्राहकलाई सहुलियत उपलब्ध गराउने व्यवस्था समेत उल्लेख गरिएको छ ।
परिसंघले आग्रह गरे अनुसार नै राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुले निर्वाह गर्नुपर्ने व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तरगत हाल विद्यमान स्वास्थ्य समस्यासंग जुध्न आवश्यक अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, भ्याक्सिन, औषधी जस्ता कार्यमा खर्च गर्नसक्ने व्यवस्था मिलाएको छ । त्यस्तै परोपकारी कार्यगर्ने, राष्ट्रिय महत्वका आविष्कार केन्द्र, मानव सेवा आदि क्षेत्रमा गरिएको खर्च समेत व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तरगत खर्च लेख्न पाउने व्यवस्था गरेको छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिले उद्योग व्यवसाय सञ्चालनमा उल्लेख्य भूमिका खेलेको परिसंघको बुझाई रहेको छ । मुलुकको समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाउँदै रोजगारी श्रृजना गर्न, मुलुकको गाह्रस्थ उत्पानलाई बढाउन तथा समग्र आर्थिक वृद्धीका लागि राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत मुलुकको औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई थप सहुलियत तथा सुविधा उपलब्ध गराउनेमा परिसंघ विस्वस्त रहेको छ ।

वि.सं.२०७८ जेठ ५ बुधवार १०:४४ मा प्रकाशित

You can share this post!

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:२६

काठमाडौँ, १६ वैशाख: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

लगानी सम्मेलनः उद्घाटन सत्रमा विशिष्ट व्यक्तिहरुको सम्बोधन जारी   

लगानी सम्मेलनः उद्घाटन सत्रमा विशिष्ट व्यक्तिहरुको सम्बोधन जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:२१

काठमाडौँ, १६ वैशाखः तेस्रो लगानी सम्मेलन आजबाट काठमाडौँमा शुरु भएको...

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:०७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी...

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५९

काठमाडौँ, १६ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...