काठमाडौं । शिखर इस्योरेन्सको संस्थापक सेयर संरचना परिवर्तन गर्ने वा नगर्ने सम्वन्धीमा कम्पनीले संस्थापक सेयरधनीहरुलाई निवेदन ढाचाँसहित पत्राचार गरेको छ ।
एक सूचना निकाल्दै कम्पनीले संस्थापक समूहमा रहेको ६० प्रतिशत सेयर संरचनालाई ५१ प्रतिशत हुने गरि सेयरधनीहरुको सेयर संरचना परिवर्तन गर्न लागेको जनाएको छ ।
उक्त सेयर संरचना परिवर्तन गर्न गत चैत ९ गते बसेको १५औँ र १६ औँ वार्षिक साधारणसभाबाट पारित भएको सोही अनुरुप कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समेत संशोधन गरी बीमा समितिबाट स्वीकृत भएको जनाएको छ ।
आफ्नो सेयर परिवर्तन गर्ने वा नगर्ने सम्वन्धी सस्थापक सेयरधनीहरुलाई निवेदन ढाँचा समेत संलग्न गरि पत्राचार गरेको सूचनामा उल्लेख छ ।
सूचना प्रकाशित भएको ३५ दिन भित्र कम्पनीको रजिष्टर्ड कार्यालय, शिखर बिज सेन्टर, थापाथलीमा सम्पर्क राखी संस्थापक समूहमा रहेको सेयर आफ्नो हिस्सामा पर्ने सेयर सर्वसाधारण समूहमा परिवर्तन गर्ने वा नगर्ने भन्ने कुनै पनि एक ढाँचामा निवदेन पेश गर्नका लागि कम्पनीले अनुरोध गरेको छ ।
कम्पनीबाट प्रेशित पत्रको नमुना र सो साथ संलग्न निवेदन ढाँचा कम्पनीको वेवसाइट www.shikharinsurance.com मा हेर्न सकिने सूचनामा उल्लेख छ ।
वि.सं.२०७८ जेठ ९ आइतवार ११:३५ मा प्रकाशित