back
NMB ad

महानगरले कोरोनाको निःशुल्क पीसीआर परीक्षण गर्न बढायो केन्द, कुनबार कहाँ ?

Kumari bank ad

काठमाडौँ । कोरोना संक्रमणको लक्षण देखिएका तथा शंका लागेका व्यक्तिलाई गरिने पोलिमेयर चेन रियाक्सन (पीसीआर) परीक्षणका लागि काठमाडौँ महानगरले नयाँ तालिका सार्वजनिक गरेको छ ।

जसअनुसार अब हरेक दिन बिहान ११ बजेदेखि कम्तीमा २ वटा केन्द्रबाट परीक्षण हुनेछ । यस अघिको नियमित तालिकामा दिनको १ केन्द्रबाट मात्र हुने गरेकोमा अब २ देखि ३ केन्द्रबाट परीक्षण हुनेछ । यसका अतिरिक्त धेरै संख्यामा परीक्षण गर्नु पर्ने वडाबाट माग आएमा त्यस ठाउँमा पनि परीक्षण हुनेछ ।

नयाँ तालिकाअनुसार आइतबार वडा २९ को पद्मकन्या स्कूल डिल्लीबजार र वडा ४ को विशाल मिलन केन्द्रमा परीक्षण हुनेछ । त्यसैगरी सोमबार वडा १६ को बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (जुडो हल), वडा २० को शान्ति निकुञ्ज विद्यालय र वडा ३२ कार्यालय परिसरमा परीक्षण हुनेछ ।

मंगलबार वडा ८, जयबागेश्वरी, १४ कलंकी र २६ लैनचौर कार्यालय परिसरमा, बुधबार मीनभवनस्थित साविक ट्रलीबस परिसरमा र वडा १५ को भुइँखेलमा, बिहीबार बसन्तपुर र महावौद्धमा तथा शुक्रबार वडा ३ कार्यालय परिसर महाराजगञ्ज र वडा ६ कार्यालय परिसर बौद्धमा परीक्षण हुनेछ । महानगरको यो सेवा निःशुल्क हो ।

परीक्षण गर्न जानु अघि सम्बन्धित वडाका क्लिनिक इन्चार्जसँग सम्पर्क गरेर आइएमयु (इन्फरमेसन म्यानेजमेन्ट युनिट) मा बिरामीको विवरण भर्नुपर्छ । पहेँलो रङ्गको फारमका प्रारम्भिक विवरण भरेपछि यी विवरण अनलाइन विधिमार्फत प्रणालीमा पठाइन्छ । महानगरका पीसीआर कार्यक्रम संयोजक ऋषिप्रसाद भुषालका अनुसार अनलाइनमा तथ्याङ्क भरेपछि एउटा कोड आउँछ ।

यो कोडलाई पहेँलो फारममा टिपेपछि आइएमयु प्रक्रिया पूरा हुन्छ । जसले पीसीआर गराउने हो । उसको यो विवरण अनिवार्य हुन्छ । कुनै कारणले परीक्षण पूर्व विवरणा भर्न सकिएन भने परीक्षण गरेपछि यी विवरण भर्नुपर्छ ।

वि.सं.२०७८ जेठ ९ आइतवार १९:२५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...