काठमडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन ७ सय रुपैयाँले वृद्धि भएको छ । बिहीवार छापावाला सुनको मूल्य बढेर ९४ हजार २ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन ९३ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । आज तेजावी सुनको मूल्य ९३ हजार ७ सय रुपैयाँ कायम गरिएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो कारोबार दिन प्रतितोला १३ सय ५० रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।
वि.सं.२०७८ जेठ १३ बिहीवार १०:५८ मा प्रकाशित