काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । नेपाल बजारमा आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।
शुक्रबारका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलाको ९३ हजार ८ सय रुपैयाँ कायम गरेको छ । अघिल्लो दिन ९४ हजार २ सय रुपैयाँमा खरिदबिक्र भएको थियो ।
बिहीवार प्रतितोला ९३ हजार ७ सय रुपैयाँ पुगेको तेजावी सुनको मूल्य पनि आज घटेर ९३ हजार ३ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
यस्तै, शुक्रवार पनि चाँदीको भाउ स्थिर रहेको छ । अघिल्लो दिन तोलामा १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य बुधवारदेखि स्थिर रहेको छ ।
वि.सं.२०७८ जेठ १४ शुक्रवार १०:४५ मा प्रकाशित