काठमाडौं । ललितपुर फाइनान्सले विशेष साधारणसभाका लागि मिति तय गरेको छ । आउँदो जेठ २८ गते शुक्रवार कम्पनीको सभा बस्ने भएको हो ।
बुधवार बसेको कम्पनीको संचालक समितिको निर्णयअनुसार उक्त दिन वेवीनार मार्फत सभा संचलान गर्ने भएको हो । सभा संस्थाको केन्द्रिय कार्यालयमा हुने छ ।
सभामा कम्पनी अन्य कुनै बैंक तथा वित्तीय संस्थासंग गाभ्ने वा गाभिने (मर्जर वा एक्विजिशनमा जाने) प्रक्रिया अगाडि बढाउने अख्तियारीको अनुमोदन गर्ने विशेष प्रस्ताव लैजाँदै छ ।
अन्य के-के ? विस्तृतका लागि हेर्नुहोस् सूचना :
वि.सं.२०७८ जेठ १४ शुक्रवार ११:५५ मा प्रकाशित