काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सहुलियतपूर्ण कर्जा वितरण गर्नका लागि भन्दै १३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट भाषणका क्रममा यस्तो बताउनु भएको हो । उहाँका अनुसार उक्त कर्जाको ब्याजदर ५ प्रतिशत रहेको छ ।
यस्तो कर्जा साना तथा मझौला उद्यम, महिला उद्यम तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाले बैंक तथा वित्तीय संस्थाबाट पाउनेछन् ।
वि.सं.२०७८ जेठ १५ शनिवार १८:०४ मा प्रकाशित