काठमाडौं । नेपाल हाइड्रो डेभलपर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।विवरण अनुसार कम्पनीले १ करोड १२ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको छ ।
कम्पनीको नाफा गत वर्षको सोही अवधिको तुलनमा ६५ प्रतिशतले कमी देखिएको छ । गत वर्षको तेस्रो त्रैमासम्म कम्पनीले ३ करोड २२ लाख १३ हजार रुपैयाँ कमाएको थियो ।
चालु आवको चैत मसान्तसम्म कम्पनीको विद्युत बिक्रीबाट ६ करोड ३ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी गत वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले कमी हो । कम्पनीले गत वर्षको तेस्रो त्रैमाससम्म विद्युत बिक्रीबाट ८ करोड ६९ लाख ७६ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको चुक्तपुँजी २९ करोड ९० लाख रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोषमा १ करोड ९५ लाख १५ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ २ पैसा, प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ५३ पैसा रहेको छ ।
वि.सं.२०७८ असार १ मंगलवार १२:१२ मा प्रकाशित