back
NMB ad

बोर्डको अभिव्यक्तिले सरकारी स्वामित्वका कम्पनीको सेयर मूल्य ७७० सम्म घट्यो, जवाफदेही को ?

Kumari bank ad

काठमाडौं । सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डले सरकारको स्वामित्व रहेका कम्पनीलाई समेत अविस्वास गरेर ती कम्पनीको कारोबारमा अस्वभाविक चलखेल भयो भनेर सार्वजनिक गरेपछि सेयर मूल्यमा भारी गिरावट आएको छ ।

यी कम्पनीमा लगानी गरेका लगानीर्ताको सम्पति बोर्डको कारण गुमेको लगानीकर्ताहरुको गुनासो छ । बोर्डका अनुसार हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नागरिक लगानी कोष, अपर तामाकोशी हाईड्रोपावर कम्पनी, नेपाल इन्फ्राष्ट्रक्चर बैंक, विशाल बजार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन र राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य भित्री कारोवार, सर्कुलर कारोवार, कर्नरिङ लगायतका कारण अस्वभाविक बढेको बोर्डको आशंका छ ।

यी कम्पनीहरुमा धितोपत्र सम्बन्धी कसूरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाईएको बोर्डको दाबी छ । बोर्डको उक्त अभिव्यक्तिले ती कम्पनीहरुको विश्वसनियतामा समेत प्रश्न खडा भएको छ । सरकारी स्वामित्वमा रहेका कम्पनीको लगानी सरकारी निकायले नै जोखिम देख्नुले अब यी कम्पनीमा लगानीकर्ताको विश्वास घट्ने जानकारहरुको भनाइ छ ।

मंगलबार बोर्डले अस्वभाविक चलखेल भयो भनेर नाम र कम्पनीको वित्तीय अवस्था सार्वजनिक गरेपछि बुधबारको कारोबारमा नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७२ रुपैयाँले घटेको छ । कम्पनीको सेयर मुल्य प्रतिकित्ता ७२ रुपैयाँले घट्दा १८५८ रुपैयाँ कायम भएको छ ।

यस्तै हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६ रुपैयाँले घटेर ४१२ रुपैयाँ पुगेको छ ।
कारोबारमा नागरिक लगानी कोषको सेयर मूल्य पनि प्रतिकित्ता ७८ रुपैयाँले घटेर ४१५० रुपैयाँ पुगेको छ । यो दिन अपर तामाकोशी हाईड्रोपावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३ रुपैयाँले घटेर ७४९ रुपैयाँ रहेको छ ।

नेपाल इन्फ्राष्ट्रक्चर बैंकको सेयर मूल्य पनि ५ रुपैयाँले घटेर ५३४ रुपैयाँ रहेको छ । यस्तै सर्वाधिक चर्चामा रहने विशाल बजार कम्पनीको सेयर मूल्य २२४ रुपैयाँले घटेर ६३७६ रुपैयाँ रहेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य २५५ रुपैयाँले घटेर १० हजार ३२५ रुपैयाँ रहेको छ । यस्तै राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७७० रुपैयाँले घटेको छ । कम्पनीको सेयर मूल्य २१ हजार ९०० रुपैयाँ रहेको छ ।

बोर्डले विगतको एक वर्ष अवधिमा सूचिकृत संगठित संस्थाहरुको मूल्य बृद्धि ३०० प्रतिशत र सोभन्दा बढी प्रतिशतले बृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र सोभन्दा बढी भएका, प्रति सेयर आम्दानी ऋणात्मक भएका, प्रति सेयर अंकित मूल्यभन्दा प्रति सेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्याँकन समेतका आधारमा हाल जोखिमयुक्त देखिएका ५१ वटा सूचिकृत संगठित संस्थाहरु छनौट गरी बोर्डबाट प्रारम्भिक अध्ययन गरेको थियो । साथै उक्त सूचिकृत संगठित संस्थाहरुको कारोवारमा भित्री कारोवार, सर्कुलर कारोवार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसूरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाईएको बोर्डको दाबी छ ।

वि.सं.२०७८ असार २ बुधवार १६:४८ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...