काठमाडौं । शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य १ हजार २ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य तोलाको ९० हजार ८ सय रुपैयाँ कायम गरेको छ । अघिल्लो दिन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासंघले आजका लागि तेजावी सुनको मूल्य ९० हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ ।
यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार एकैदिन ३५ रुपैयाँले घटेको चाँदी प्रतितोला १३ सय ५ मा झरेको छ । अघिल्लो दिन १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०७८ असार ४ शुक्रवार १०:४३ मा प्रकाशित