back
NMB ad

विनियमदरमा एकरुपता कायम गर्न राष्ट्र बैंकको निर्देशन

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले विनियम दरमा एकरुपता कायम गर्न बैंक तथा वित्तीय संस्था र विप्रेषण कम्पनीलाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकले एकीकृत परिपत्र-२०७६ लाई संशोधन गरी यस्तो निर्देशन दिएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र रेमियान्स कम्पनीहरुले विप्रेषणका लागि प्रयोग गर्ने विनिमयदरको सम्बन्धमा बैंकहरुले डकुमेन्ट प्रयोजनको लागि राष्ट्र बैंकबाट विनियम दर प्रकाशन हुने सम्पूर्ण विदेशी मुद्राहरुकोे लागि औसत खरिद दर तय गरी प्रत्येक दिन १० र २ बजे विनियम दरको रुपमा प्रकाशित गर्नुपर्ने भएको छ ।

उक्त दरलाई आधार मानी बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनीहरुले विप्रेषण प्रयोजनका लािग समान रुपमा विनियम दर कायम गर्नुपर्ने छ । फेडानले दैनिक २ पटक प्रकाशन गर्ने रेमिट्यान्स विनिमयदर बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनीहरुलाई उपलब्ध गराउनु पर्ने जनाएको छ ।

विप्रेषण कारोबार गर्ने सबै संस्थाले फेडानको सदस्यता लिनुपर्ने उल्लेख छ । विप्रेषण कारोबार गर्ने इजाजतपत्र प्राप्त कम्पनीहरुले नगद धरौती लिई सब एजेण्ट नियुक्ती गर्ने गरेको भए सो नगदको सट्टा जमानत प्रयोजनका लािग बैकल्पिक व्यवस्था (बैंक तथा वित्तीय संस्थाबाट जारी भएको जमानत) लिनुपर्ने व्यवस्था गरिएको छ ।

वि.सं.२०७८ असार ८ मंगलवार १८:४१ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...