back
NMB ad

कोरोना महामारीबीच ९.३६ प्रतिशतले बढ्यो ल्यापटपको माग, साढे ६ अर्ब बढीको आयात

Kumari bank ad

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण जारी निषेधाज्ञाको समय पनि नेपालमा ५६ करोड बढीको ल्यापटप तथा नोटबुक आयात भएको छ ।

भन्सार विभागका अनुसार एक महिनाको अवधिमै नेपालमा ५६ करोड ४३ लाख ८ हजार रुपैयाँ बराबरको ल्यापटप तथा नोटबुक आयात भएको हो ।

चालु आर्थिक वर्षको ११ महिनामा ६ अर्ब ५८ करोड ८९ लाख ४७ हजार रुपैयाँ बराबरको १ लाख १८ हजार ४७५ थान ल्यापटप तथा नोटबुक नेपाल भित्रिएको विभागले जनाएको छ । बैशाखको तुलनामा जेठमसान्तसम्म ल्यापटप तथा नोटबुकको आयात ९.३६ प्रतिशतले बढी हो ।

१० महिनाको अवधि अर्थात बैशाख मसान्तसम्म ६ अर्ब २ करोड ४६ लाख ३९ हजार रुपैयाँ बराबरको ल्पापटप तथा नोटबुक आयात भएको थियो ।

वैशाखको तुलनामा जेठ मसान्तसम्म ल्पापटप तथा नोटबुक आयात ह्वात्तै बढेको हो । पछिल्लो समय कोरोना महामारीका काराण जारी लकडाउन तथा निषेधाज्ञाका कारण सबै कार्यालय तथा शैक्षिक गतिविधि डिजिटल मार्फत संचालन हुने भएकाले आयात बढेको विभागले जनाएको छ । महामारीका कारण नेपालमा ल्यापटपको आयात बढेसंगै मूल्य पनि बढेको छ ।

नेपालमा विश्वका ५० भन्दा बढी मुलुकबाट ल्यापटप तथा नोटबुक आयात हुनेको गरेको छ । नेपालमा सबैभन्दा बढी चाईनीज ल्यापटप तथा नोटबुक प्रयोगमा हुने गरेको छ । चालु आवको ११ महिनाको अवधिमा सबैभन्दा बढी चीनबाट आयात भएको छ । उक्त देशबाट जेठमसान्तसम्म ६ अर्ब ११ करोड २२ लाख ९० हजार रुपैयाँ बराबरको आयात भएको विभागले जनाएको छ । चीनबाट १ लाख १० हजार ७७० थान ल्यापटप तथा नोटबुक नेपाल भित्रिएको हो ।

विभागका अनुसार चीनपछि बढी मलेशियाबाट आयात भएको छ । जेठमसान्तसम्म उक्त मुलुकबाट २२ करोड ७० लाख १० हजार रुपैयाँ बराबरका २ हजार ९५७ थान ल्यापटप तथा नोटबुक आयात भएको हो ।

यस्तै, सिंगापुरबाट ६ करोड २९ लाख ४८ हजार रुपैयाँ बराबरको ९२१ थान, अमेरिकाबाट ३ करोड ५८ लाख ०९ हजार रुपैयाँ बराबरको ४५४ थान, कोरियाबाट १ करोड ७२ लाख ९१ हजार रुपैयाँ बराबरको १८९ थान, जापानबाट १ करोड २४ लाख १३ हजार रुपैयाँ बराबरको १९६ थान, इन्डोनेशियाबाट १ करोड ४० लाख २४ हजार रुपैयाँ बराबरको १४३ थान ल्यापटप तथा नोटबुक आयात भएको छ ।

त्यसैगरि, थाइल्याण्डबाट ७६ लाख ८३ हजार रुपैयाँ बराबरको १३३ थान, ताइवाटबाट ६३ लाख ७३ हजार, पोल्याण्डबाट ५३ लाख ५७ हजार, हङकङबाट ४६ लाख ९७ हजार, यूएईबाट ४५ लाख ३९ हजार, भेटनाम ४५ लाख ९६ हजार, बेलायतबाट ३८ लाख ७२ हजार, फिलिफिन्सबाट २४ लाख ९४ हजार, अष्ट्रेलियाबाट १७ लाख २१ हजार, इजिप्टबाट १५ लाख ४७ हजार, भारबाट १४ लाख २५ हजार, जर्मनीबाट १४ लाख ५ हजार, स्वीटजरल्याण्डबाट १० लाख ४५ हजार, चेक रिपब्लिकबाट ७ लाख २९ हजार, क्यानडाबाट ३ लाख ६५ हजार, साउदी अरेवियाबाट २ लाख ७७ हजार, माल्टबाट २ लाख २३ हजार, कोकस आइसल्याण्डबाट १ लाख ८६ हजार, इटलीबाट १ लाख ६२ हजार, नेदरल्याण्डबाट १ लाख ८३ हजार, फ्रान्सबाट १ लाख ५९ हजार, बल्जेरियाबाटम १ लाख ४४ हजार, अफ्गानस्थानबाट १ लाख ३३ हजार, इज्रालयबाट १ लाख ४ हजार, नर्वेबाट १ लाख १२ हजार, केन्याबाट १ लाख १९ हजार, हङग्रीबाट १ लाख २ हजार रुपैयाँ बराबरको ल्यापटप तथा नोट बुक आयात भएको देखिएको छ ।

विभागका अनुसार नखुलाइएका देशहरुबाट ५ करोड ६८ लाख ३४ हजार रुपैयाँ बराबरका ल्यापटप तथा नोटबुक नेपाल भित्रएका छन् ।

जेठ मसान्तसम्ममा अष्टेरिया, बेल्जियम, डेनमार्क, फिनल्याड, आइरल्याण्ड, कुबेत,लिथुनीया, न्युजिल्याण्ड, पोर्चुगल, कतार, रोमानिया, साउथ अफ्रिका, सुडान, स्वीडेन, अर्काइन लगायबा देशहरुबाट ल्यापटप तथा नोटबुकहरु आयात भएका छन् ।

वि.सं.२०७८ असार १३ आइतवार १७:४० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...