काठमाडौं । गरिमा विकास बैंक ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डसंग अनुमति मागेको छ ।
बैंकले १ अर्ब बरावरको १० लाख कित्ता ऋणपत्र निष्काशनका लागि बोर्डमा निवेदन दिएको छ । बैंकले शुक्राबार अर्थात असार ११ गते धितोपत्र बोर्डसमक्ष अनुमति मागेको हो ।
कुल ऋणपत्रमध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि र ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री बैंकले जनाएको छ । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।
वि.सं.२०७८ असार १३ आइतवार १८:०५ मा प्रकाशित