back
NMB ad

बीपी कोइराला अध्ययन अनुसन्धान केन्द्रको भवन शिलान्यास, काठमाडौँ महानगरद्वारा २ करोड सहयोग

Kumari bank ad

काठमाडौँ । जननायक बीपी कोइराला मेमोरियल ट्रष्टले ‘बीपी कोइराला अध्ययन अनुसन्धान केन्द्र’ भवन निर्माण गर्ने भएको छ ।

उक्त भवनको काँग्रेस सभापति शेरबहादुर देउवा, बीपीपुत्र डाक्टर सशांक कोइराला र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकाले २ करोड आर्थिक सहयोग गरेको छ । यस्तै बागमती प्रदेश सरकारले ५० लाख र ट्रष्ट आफैँको १ करोड लगानी गर्ने भएको छ । थप रकम दाताहरुबाट जुटाउने ट्रष्टले जानकारी दिएको छ । भवन निर्माणको लागत करीब ४ करोड ५० लाख रहेको छ ।

काठमाडौँ महानगरपालिका वडा-५ को हाँडीगाउँमा निर्माण हुने सो भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकासँगै प्रदेश सरकारलगायतबाट पनि सहयोग प्राप्त भएको प्रतिष्ठानका महासचिव रामचन्द्र पोख्रेलले जानकारी दिनुभयो ।

कार्यक्रममा काँग्रेस सभापति देउवाले बीपी राजनीतिक, साहित्यिक र सामाजिक व्यक्तित्वको रहेको भन्दै बीपीको सम्झना हामी सबैले गर्नुपर्ने धारणा राख्नुभयो । ‘उहाँ विद्वान मात्रै होइन राष्ट्रवादी र समाजवादी नेता हुनुहुन्थ्यो’ उहाँले भन्नुभयो ‘आगामी दिनमा आम नेपालीका लागि यो केन्द्र बीपीको ख्याती र उहाँका बारेमा अध्ययन–अनुसन्धान गर्ने केन्द्रका रुपमा दरिलो गरी उभिने छ ।’

कार्यक्रममा काँग्रेस महामन्त्री समेत रहनु भएका बीपीपुत्र सशांक कोइरालाले बीपीको स्मृतिमा भवनको शिलान्यास भएको दिनलाई आफूले महत्वपूर्ण दिनका रुपमा लिएको बताउनुभयो । ‘भवन त संरचना मात्रै हो । त्यहाँ आत्मा हुनुपर्छ । आत्माले नै प्रोत्साहन गर्ने हो’ उहाँले भन्नुभयो ‘आत्मा नमर्ने गरी अध्ययन–अनुसन्धान केन्द्रलाई अघि बढाउनुहोला ।’

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले आफु कुनै समय बीपीलाई हेर्न र सुन्न सार्जजनिक कार्यक्रममा जाने गरेको स्मरण गराउँदै उहाँको स्मृतिमा निर्माण हुन लागेको बीपी अध्ययन-अनुसन्धान केन्द्र भवनको शिलान्यास कार्यक्रममा काठमाडौँ महानगरपालिका सहभागी हुन पाउँदा खुशी लागेको बताउनुभयो ।

‘कुनै समय टाढाबाट सुनेको, हेरिएको र आफूले पनि सम्मान गरेको व्यक्तिको स्मृतिमा निर्माण हुने भवनलाई सहयोग गर्न पाउँदा खशी लागेको छ,’ शाक्यले भन्नुभयो, ‘बीपी पुत्र सशांकले भन्ने वित्तिकै राम्रो काममा सबैले सहमतिका साथ सहयोग गर्नुपर्छ भनेर महानगरपालिकाले सहयोग गरेको हो ।

कार्यक्रममा शाक्यले आफू स्वर्गीय बीपीको कार्यकर्ता नभए पनि एक अनुयायी भएको स्मरण गराउनुभयो । ‘देश विकासका लागि जीवन समर्पण गर्ने सबै नेता आदर्नीय हुनुहुन्छ,’ शाक्यले भन्नुभयो, ‘उहाँहरुलाई पढ्नुपर्छ, बुझ्नुपर्छ ।’

वि.सं.२०७८ असार १६ बुधवार १४:३२ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...