back
NMB ad

असार २१ गते तीन कम्पनीको साधारणसभा हुँदै, के-के छन् प्रस्तावहरु ?

Kumari bank ad

काठमाडौं । आउँदो सोमबार अर्थात असार २१ गते तीन कम्पनीको साधारणसभा गर्ने भएका छन् ।

उक्त दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्था, नेपाल एग्रो लघुवित्त र जनरल इन्स्योरेन्सले सभा गर्ने भएका हुन् । यी मध्ये इन्फिनिटी लघुवित्तले विशेषसाधारणसभा गर्ने भएको हो ।

इन्फिनिटीले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्नको लागि भन्दै विशेष साधारणभा बोलाएको हो । त्यसको लागि असार ८ गतेको लागि बुक क्लोज गरेको छ ।

यस्तै, नेपाल एग्रो लघुवित्तले असार २१ गते पाँचौ बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मुनाफाबाट १४ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

साथै उक्त सभाले इन्फिनिटी लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव गरेको छ । सभा प्रयोजनको लागि असार २१ गते नै बुक क्लोज रहेको छ ।

त्यसैगरि असार २१ गतेको लागि जनरल इन्स्योरेन्सले असार २१ गतेको लागि तेस्रो साधारणसभा बोलाएको छ । कम्पनीले लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव लागेको छ ।

वि.सं.२०७८ असार १८ शुक्रवार १५:४९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...