back
NMB ad

बाढी पहिरोबाट घर गुमाएका परिवारलाई सरकारले ५० हजार दिने

Kumari bank ad

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णु प्रसाद पौडेलले विपद्का कारण घरवास गुमाएकाहरुलाई घर पुननिर्माण गर्नका लागि सरकारले अनुदान उपलब्ध गराउने व्यवस्था गरेको बताउनुभएको छ ।

सरकारले गत वर्षको मनसुनबाट क्षति भएका विभिन्न जिल्लाका ३ हजार ९४९ लाभग्राही परिवारहरलाई पहिलो किस्ता वापत प्रति परिवार ५० हजार रुपैयाँका दरले कुल १९ करोड ९७ लाख रुपैयाँ अनुदान दिने भएको उपप्रधानमन्त्री पौडेलले बताउनुभयो ।

उहाँका अनुसार यस वर्षको विपद्बाट असार १६ गतेसम्म विभिन्न जिल्लामा आंशिक तथा पूर्ण क्षति भएका परिवारलाई पनि तत्काल अस्थायी बसोबासका लागि सरकारले प्रति परिवार ५० हजार रुपैयाँका दरले रकम उपलब्ध गराउने भएको छ ।

असार १६ गतेसम्म ५७२ घरपरिवारलाई अस्थायी बसोबास व्यवस्थाका लागि २ करोड ८६ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालयहरुबा उपलब्ध गराउने भएको हो ।

घरबास गुमाएका प्रभावित परिवारहरुलाई उपलब्ध गराइने उक्त सहयोगलाई निरन्तरता दिइने उपप्रधानमन्त्री पौडेलले जानकारी दिनुभयो ।

यस वर्षको मनसुनजन्य विपद्का कारण क्षति भएका सम्पूर्ण निजी आवासहरुको समेत विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि,२०७७ बमोजिम पुनर्निर्माण गर्ने व्यवस्था मिलाइएको  छ ।

वि.सं.२०७८ असार २० आइतवार १४:०८ मा प्रकाशित

You can share this post!

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ जेठ २ बुधवार १०:२१

काठमाडौँ, २ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...