काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आज (सोमबार) कार्यालय अवधिभित्र आवेदन दिइसक्नुपर्ने छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आइपीओ निष्काशन गरेको हो । ३ लाख ८९ हजार कित्तामा ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ भने ३ लाख ६३ हजार ४९२ कित्तामा मात्रै सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
आइतबारसम्म १७ लाख २५ हजार ६७८ जनाले आवेदन दिएका छन् । २ अर्ब २७ करोड २६ लाख ८९ हजार रुपैयाँको २ करोड २७ लाख २६ हजार ८९० कित्ताको लागि आवेदन परेको छ । कम्पनीले गत बिहीबारदेखि आइपीओ निष्काशन गरेको हो ।
वि.सं.२०७८ असार २१ सोमवार १०:२४ मा प्रकाशित