back
NMB ad

भोलि जीवन विकासको आईपीओ बाँडफाँड : १ लाख ९७ हजारलाई १० कित्ता, तपाई बन्नु होला त भाग्यमानी ?

Kumari bank ad

काठमाडौं । भोलि बुधवार अर्थात असार २३ गते जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड हुने भएको छ ।

संस्थाले असार ११ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ भोलि बाँडफाँड हुने भएको हो ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका बुधवार भोलि विहान ९ बजे बाँडफाड हुने जनाएको छ । जीवन विकास लघुवित्त कम्पनीको आइपीओमा २० लाख ५९ हजार ३५८ जनाले आवेदन दिएका छन् ।

उक्त आईपीओमा ३ अर्ब ९ करोड १० लाख ५३ हजार रुपैयाँको ३ करोड ९ लाख १० हजार ५३० कित्ताको लागि आवेदन परेको थियो । आइपीओमा यो नै अहिलेसम्मकै सबैभन्दा बढी आवेदन हो । कम्पनीको आइपीओले नयाँ रेकर्ड कायम गरेको छ ।

उक्त आईपीओ रिट पूर्वक परेको कुल आवेदन मध्ये १ लाख ९७ हजार ७३० जनाले १० कित्ता सेयर पाउने छन् । भने बाँकी सबैको हात खाली हुने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १९ करोड ७७ लाख ३० हजार रुपैयाँको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमा ३० हजार ४२० कित्ता संस्थाका कर्मचारी र ९८ हजार ८६५ कित्ता सेयर सामुहिक लगानी कोषका लागि छ्ट्याइएको थियो ।

१८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरेको थियो । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरेको थियो ।

वि.सं.२०७८ असार २२ मंगलवार १८:३० मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...