back
Kumari Bank

वित्तीय साक्षरता कार्यक्रमका लागि आइएमई पे र मिडिया इन्टरनेशनलवीच सम्झौता

Nepal Bank

काठमाडौं । वित्तीय साक्षरता कार्यक्रमका लागि आइएमई पे र मिडिया इन्टरनेशनलवीच सम्झौता भएको छ ।

सम्झौता अनुसार मिडिया इन्टरनेशनलको आयोजनामा देशका सतहत्तरै जिल्लामा संचालन हुने फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी कार्यक्रमको मूख्य प्रायोजक आइएमई पे हुनेछ ।

सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मिडिया इन्टरनेशनलका प्रवन्ध निर्देशक माधव निर्दोषले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले यो कार्यक्रम देशका सवै क्षेत्रमा वित्तीय साक्षरता पु¥याउन सफल हुने विश्वास व्यक्त गर्नुभयो । मिडिया इन्टरनेशनलका प्रवन्ध निर्देशक माधव निर्दोषले आइएमईसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

सोही अवसरमा आइएमई ग्रुपमा प्रवक्ता राजु पौडेलले नेपाल सरकारले अघि सारेको ‘डिजिटल नेपाल’ अभियानलाई सहयोग पुगोस् भन्ने उद्देश्यका साथ कार्यक्रममा सहभागी भएको बताउनुभयो ।

भर्चुअल माध्यमबाट संचालन हुने यस्ता कार्यक्रममा प्रशिक्षण प्रदान गर्नका लागि आइएमईले तालिम तथा प्रशिक्षण विभागका प्रमुख माधव कटुवाललाई जिम्मेवारी दिएको छ ।

वि.सं.२०७८ असार २३ बुधवार १७:०६ मा प्रकाशित

You can share this post!

श्रीलङ्कामाथि नेपालको उत्कृष्ट जित   

श्रीलङ्कामाथि नेपालको उत्कृष्ट जित   

वि.सं.२०८२ असार १८ बुधवार २१:०४

काठमाडौँ : राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...

कर्णाली विकास बैंक घोटला प्रकणमा मिश्र पक्राउ   

कर्णाली विकास बैंक घोटला प्रकणमा मिश्र पक्राउ   

वि.सं.२०८२ असार १८ बुधवार २०:५७

नेपालगञ्ज  : नेपालगञ्जमा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति...

भन्सार विधेयक राष्ट्रियसभाबाट पारित   

भन्सार विधेयक राष्ट्रियसभाबाट पारित   

वि.सं.२०८२ असार १८ बुधवार १८:१२

काठमाडौँ : भन्सार विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ ।...

TM1 का १०० युनिटभन्दा बढी सडकमा गुड्दै: व्यावसायिक ईभीको क्षेत्रमा नयाँ उपलब्धि

TM1 का १०० युनिटभन्दा बढी सडकमा गुड्दै: व्यावसायिक ईभीको क्षेत्रमा नयाँ उपलब्धि

वि.सं.२०८२ असार १८ बुधवार १८:०२

काठमाडौँ : नेपालको व्यावसायिक इलेक्ट्रिक सवारी बजारमा “कमाइको राजा” भनेर...

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा नेपालमा मनायो अर्थपूर्ण उत्सव

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा नेपालमा मनायो अर्थपूर्ण उत्सव

वि.सं.२०८२ असार १८ बुधवार १७:५४

काठमाडौँ : मोटरसाइकल तथा स्कुटर निर्माण क्षेत्रमा विश्वव्यापी रुपमा प्रतिष्ठित...

विकास हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

विकास हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

वि.सं.२०८२ असार १८ बुधवार १७:४६

काठमाडौं । विकास हाइड्रोपावर लिमिटेडको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी...